टिमुर खेती हेर्न दाङका किसान सल्यान पुगे

दाङ, २९ चैत । दाङका किसानहरुले सल्यानको टिमुर खेतीको अवलोकन गरेका छन् ।पारिवारिक निजि वन संघ नेपालको आयोजनामा तुलसीपुर क्षेत्रका किसानहरुले सल्यानको व्यावसायीक टिमुर खेतीको अवलोकन गरेका छन् ।कृषि र वन समुहका किसानहरुलाई कृषि उद्यमशिल बनाउने उद्देश्यका साथ तुलसीपुरका किसानलाई सल्यान लगेर व्यावसायीक टिमुर खेतीको बारेमा आवलोकन गराईएको पारिवारिक निजि वन संघ दाङका अध्यक्ष पदम केसीले जानकारी दिनु भएको छ ।

फरेष्ट एण्ड फार्म फयासिलिटि संस्थाको सहयोगमा तुलसीपुर १,३ र ४ का किसानहरुले सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ९ सेरामा पुगेर त्यहाका किसानहरुले उत्पादन गदै आएको टिमुर खेतीको अवलोकन गरेका छन् ।सेराका स्थानिय बासीहरुले बर्षौ देखी व्यावसायीक टिमुर खेती गदै आएका छन् । त्यहाका किसानहरुले टिमुर खेतीबाटै राम्रो आम्दानी गदै आएका छन् भने उनीहरुको जिविकोपार्जन पनि राम्रो चलेको किसानहरुको भनाई छ । त्यहा ७० घरधुरी किसानहरुले टिमुर खेतीबाट आत्मनिर्भर बनेका छन् ।

पारिवारिक निजि वन संघले किसानहरुलाई बन ,कृषि र उद्यमबाटै आत्म निर्भर बनाउने उद्देश्यका साथ तुलसीपुरमा पनि टिमुर खेती कार्यक्रम सुरु भएको छ । सोहि कार्यक्रममा आबद्ध किसानहरुलाई टिमुर खेती बारे अवलोकन गराईएको हो । अवलोकन कार्यक्रममा तुलसीपुर १, ३ र ४ मा गठित कृषि समुह, वन समुहका प्रतिनिधि सलगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया