काठमाडौं, २९ भदौ। नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले सिंहदरबारबाटै पक्राउ परेको छ । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबारको गेटबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो । पक्राउपछि अध्यक्षलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको एसपी घिमिरिले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहसँग भएको छलफलमा सहभागी हुन आज सिंहदरबार पुग्नुभएको थियो । छलफल सकिएर बाहिरिने क्रममा प्रहरीर्ल गेटमै रोकेर नियन्त्रणमा लिएको हो । प्रधानमन्त्री शाहले आज बाढी प्रभावित क्षेत्रको अवस्था, राहत तथा पुनःस्थापनालगायत विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।