तुलसीपुरमा बाली उपचार शिबिर

तुलसीपुर,८ साउन । तुलसीपुरमा बाली उपचार शिबिर भएको छ । कारितास नेपालको आर्थिक सहयोग तथा तुलसीपुर ६ मा रहेको क्याम्पस अफ लाईभ साईन्सको आयोजनामा शिबिर भएको हो । शिबिरमा बिद्यार्थीहरुले बिभिन्न रोग लागेका कृषि सामाग्री ल्याएका थिए ।

त्यस अबशरमा जिल्ला कृषि बिकास कार्यालयका बालि संरक्षण अधिकृत र बागणनी अधिकृत धनराज गौतमले बिद्यार्थीले ल्याएका कृषि सामाग्रीमा लागेको रोगलाई कसरी पहिचान गर्ने र उपचार गर्ने तरिकाका बारेमा जानकारी दिएका थिए ।

आईपिएम बिद्यार्थी पाठशालाका अध्यक्ष सबिना भट्टराईको अध्यक्षता तथा जिल्ला कृषि बिकास कार्यालय दाङका बालि संरक्षण अधिकृत पिताम्बर बस्नेतको प्रमुख आतिथ्य एब बागबाणी अधिकृत धनराज गौतमको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा बालि संरक्षण अधिकृत बस्नेतले कितावी ज्ञान संगै प्रयोगात्मकलार्ई अगाडि बढाउनु पर्ने बताएका थिए ।

किताबी ज्ञानले मात्रै व्यबहारीक बन्न नसकिने भन्दै प्रयोगात्मकलाई पनि संगसंगै लैजानु पर्ने बताएका थिए । त्यस अबशरमा  बागबानी अधिकृत धनराज गौतम, क्याम्पस प्रमुख शहदेव शाह, एकेडेमीक एडभाईजर मनोज बस्नेत, उपप्राध्यापक नारायण ढकाल, कारितासका आईपिएम सहजकर्ता भुवन चौधरी, बिद्यार्थी काजल पोख्रेललगायतले मन्तव्य व्यक्त गरेको साहयक क्याम्पस प्रमुख अनुप तिवारीले जानकारी दिए ।

कार्यक्रमको सहजीकरण सञ्जय अर्याल र रमिला ढकालले गरेको साहयक प्रशासकीय अधिकृत बिष्णु केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ साउन ८ गते आइतवार
प्रतिक्रिया