प्रदेशसभा सदस्य बिमला ओलीलाई २५ लाख बिगो भराउने फैसला

काठमान्डौ, २ माघ । मानब बेच बिखबखन मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीलाई अदालतले २५ लाख बिगो भराउने फैसला सुनाएको छ । अर्का अभियुक्त घोराही–१४ मिलनचोक निवासी टोपबहादुर जिसीलाई २ वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका तुलसिपुर निवासी मुकुन्दराज जीसीलाई एक वर्ष कैदको फैसला गरेको छ ।

नरेन्द्रलाई अमेरिका पठाउने मुख्य व्यक्ति तत्कालीन लुम्बिनि प्रदेशका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको मृत्यु भइसकेको छ । उनको मृत्यु भइसकेकाले उत्तरकी श्रीमती लुम्बिनी प्रदेशसभाकी प्रदेशसभा सदस्य विमला ओलीले २५ लाख रुपैयाँ बिगो तिर्नुपर्ने फैसला अदालतले गरेको हो ।

पुस १९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको हो । पिडित नरेन्द्र बस्नेतले मानब बेचबिखन ब्युरो काठमाडौं मार्फत काठमाडौं जिल्ला अदालतमा मुद्धा दिएका थिए । उक्त मुद्दामा फैसला सुनाउँदै अदालतले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको छ ।

सदस्य ओलीले के भन्छिन् ?
यता प्रदेश सभा सदस्य बिमला ओलीले अदालतको फैसलाप्रति आफु आश्चर्य चकित भएको बताएकी छन् ।  ‘श्रीमानले गल्ति गर्नुभयो भएन उहाँ अहिले स्वर्गमा हुनुहुन्छ । जीवीत हुँदासम्म उहाँका विरुद्ध कहिकतै कोसइले केहि पनि गरेनन् ,’ सदस्य ओलीले भनिन –‘श्रीमान गुमाएको ब्रजपातका बेलामा एक्कासी २५ लाख तिर्नुपर्ने फैसला भएको छ रे भन्ने कुरा सुन्दा म त छाँगाबाट खसे जस्तै भएँ । एउटाले गरेको कामको अर्काले सजाय पाउने यो नयाँ कुरा जीवनमा पहिलो पटक सुने ।’

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया