माघी संक्रान्तीको अवसरमा तुलसीपुरमा गन्जीतरुलको व्यापार(फोटो फिचर )

तुलसीपुर, २९ पुष । माघी संक्रान्ती पर्वको अवसरमा तुलसीपुर बजार क्षेत्रमा चहलपहल बढेको छ । प्रत्येक वर्ष माघको पहिलो दिन मनाईने यो पर्व आउन अब एक दिन मात्रै बाँकी रहदा तुलसीपुर बजारमा नागरिकहरुको चहलपहल बढेको हो । यो पर्वमा विशेषगरी घ्यू, चाकु, तिलका परिकार, तरुल,गन्जी, पालुङ्गो, खिचडी आदि परिकारलाई महत्वपुर्ण मानिन्छ ।

जसले गर्दा तुलसीपुर बजार क्षेत्रका विभिन्न चोक तथा पसलमा गन्जी तरुल र फलफुलको व्यापार बढेको छ ।यो पर्वलाई थारु समुदायले विशेष पर्वका रुपमा मनाउने गर्दछन् ।यस वर्षको माघी पर्व भोली विहिवार परेको छ ।

तुलसीपुर बजार क्षेत्रको विभिन्न चोकमा गन्जी,तरुल र फलफुलको किनबेच भईरहेको केहि दृश्यहरु :तस्विर : लक्ष्मण विश्वकर्मा 

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया