बेसाहारा बालबालिकाको साहारा बन्दै स्यानी चौधरी

       स्वागत छ यहालाई ?
धन्यवाद छ ।
           

 संस्था स्थापना गरेको कति भयो ?
यो संस्था २०६१ सालमा स्थापना गरिएको हो ।
                 

  बालबालिकालाई सेवा दिन थालेको कति समय भयो ?
हामीले बालबालिकालाई सेवा दिन थालेको स्थापनाकाल देखी नै हो । जो अभिभावक नभएका , आर्थिक समस्या भएका र जसलाई पढ्न लेख्नका लागी आर्थिक अभाव भएको छ त्यस्तालाई हामीले स्थापना काल देखी नै शैक्षिक तथा आर्थिक सहयोग गदै आईरहेको छौ । उनीहरुले जहाँ अध्ययन गरीरहेका छन् त्यहि पुगेर हामीले कापि कलम, विद्यालय पोषाक लगाएतका शैक्षिक सामग्रीहरु सहयोग गदै आएका थियौँ । तर विगत तिन वर्ष देखी भने यहा दश जना बालबालिकालाई राखेर लालनपालन र शिक्षा दिईरहेका छौ ।

अब यसरी बालबालिकालाई राखेर शिक्षा दिक्षा दिन थाल्नु भएको छ ? यसको खास उद्देश्य के हो ।
विशेष गरी यी बालबालिकाहरुको बस्ने ठाउँ छैन । कसैको पढ्न लेख्ने बातावरण छैन । घरमा पनि धेरै जसोको कहाँ बस्ने, के खाने र कसरी पढ्ने तथा जिविकोपार्जन कसरी गर्ने भन्ने एकदमै समस्या भएका र ती शाहारा विहिन अवस्थामा छन् । जहा उनीहरुलाई अरुको आबश्यकता पर्दछ ।
त्यस्ता बेसहारा बालबालिकालाई यहा ल्याएर राम्रो संग शिक्षा दिक्षा दिएर उनीहरुको भविस्य उज्वल र आफनो खुट्टामा आफै उभिन सकुन् भन्ने उद्देश्य र लक्ष्य हाम्रो हो । आज बेसाहारा बनेका बालबालिकालाई राम्रो शिक्षा दिन सकियो भने भोली यो देशका कर्णाधार हुन् । यो देशको सक्षम नागरिक बनुन् । त्यस कारण उनीहरुको भविस्यका लागी हामीले यसो गरेका छौ । यसमा कुनै केहि स्वाथ्र्य छैन ।
यहाले यो खर्च व्यवस्थापन कहाँबाट र कसरी गर्नु भएको छ ?
यो हुनत यसमा धेरै कुराहरु जोडिएका छन् । सुरुमा यो मेरो आफनै घर हो । म आफै जापानमा दुई बर्ष बसेर कमाएको पैसाले जग्गा किनेर घर बनाएको हो । त्यसले गर्दा घर भाडा तिर्नु पदैन । यो जग्गा ३० बर्ष अघि किनेको र पैसा कमाए पछि मैले घर बनाएको हो । ती बालबालिकाहरुलाई अहिले मेरो आफनै घरमा राखीरहेको छु ।

र खानाको पनि सवै मैले नै व्यवस्थापन गरीरहेको छु भने केहि मेरा व्यक्तिगत विदेशी साथीहरुले कहिले काही सहयोग गर्नुहुन्छ । यस्तैगरी गत बर्ष तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष विरेन्द्र शाहले खाद्यन्न सहयोग गर्नु भएको थियो । त्यस्तैगरी कृहिले काही कसैले जन्मदिनको अवसरमा यहि आएर सक्दो सहयोग गर्नुहुन्छ । साथै गैरसरकारी संघसंस्थाहरुले पनि बेलाबखतमा सहयोग गर्नुहुन्छ भने विशेषगरी सवै जोहो म आफैले गरेको छु ।
यति धेरै लगानी व्यक्तिगत रुपमा गर्नका लागी कसरी सोच बनाउनु भयो । अर्थात प्रेरणा कहाँबाट मिल्यो ?
म एउटा थारु समुदायमा जन्मिएको मान्छे हु । मेरो घर साविक फुलवारी गाविस वडा नम्वर २ तुईदाङ हो । त्यतिबेला मेरो जमानामा अर्थात आज भन्दा झन्डै ४५ बर्ष अगाडी थारु केटिहरु एक जना पनि विद्यालय जादैनथ्ये । अनि मेरो परिवारका दाजु भाई तथा दिदी बहीनी कसैले पनि विद्यालयको परिसरमा पाईला टेकेका छैनन् । जसले गर्दा अहिले पनि तुलसीपुर बजार आउन नजान्ने खालका दिदि बहिनी छन् । मैले त त्यति बेला धेरै दुःख मेहेनत र संघर्ष गरेर कठिन अवस्थामा जेहोस शिक्षा लिन पाए ।
यहाले शिक्षा हासील कत्ति गर्नुभएको छ ?
मैले एम .ए पढेको छु समाजशास्त्रमा । मैले पढ्दै जादा एसएलसी पास गर्ने वित्तिकै जागिर पनि पाए । मेरो एसएलसी उरहरी माध्यामिक विद्यालयबाट हो भने राजनिति शास्त्रमा राप्ती बबई बहुमुखी क्याम्पस र समाजशात्र काठमाडौको एसएम कलेजबाट गरेको छु । मैले त्यबिेला अध्ययन संगसंगै जागिर पनि गरीरहे र रातको समयमा पढेर प्राविधिक क्षेत्रबाट परिक्षा दिदै डिग्री सम्म अध्ययन गर्न सफल भए ।
शिक्षा नै सवैभन्दा महत्वपुर्ण र ठुलो कुरा ।

किन भने शिक्षाको कारण नै हामी पिछडीएका छौ भन्ने कुरा मलाई सानो छदा नै झस्को लाग्ने गर्दथ्यो । किन की हाम्रो गाउँ ठाउँका मानिसहरुले चिठिपत्र समेत पढ्न र बोलाउन नजान्ने भएकै कारण धेरै पिछडीएका थिए । त्यसकारण मैले जसोतसो संघर्ष गरेर भएपनि पढ्नु पर्छ भन्ने मान्यताका साथ यहा सम्म आईपुगेको छु । सानै मैले धेरै दुःख पनि पाएको छु । धेरै कुरा भोगेको छु । त्यसकारण मैले जस्तो दुःख र पिडा कसैले पनि भोग्नु नपरोस भनेर यो सेवामा लागेको छु ।

मेरा भोगाई र अनुभवका आधारमा मैले गरेका कल्पना अनुसार भविस्यका सपनाहरु पनि पुरा हुदैछन् । मैले त्यहिा अनुसारको विभिन्न अवसर पनि पाएको छु । यसरी मेहेनत गरेकै कारण म सुरुमा जापान जान पाए र त्यहि एक वर्ष अध्ययन गनेृ मौका पनि मिल्यो । म त्यतिबेला २१ वर्षको थिए । जबकी म नेपालमै राम्रो सम्म घुम्न जान सक्ने अवस्थाको थिएन ।

त्यहि पढे , त्यहि काम पनि पाए । त्यस कारण सानै उमेर देखीको सोच र चाहाना अनुसार नै मैले आफना बालबच्चा पनि बनाएन । आफना सन्तान भएपछि माया लाग्छ, लोभ हुन्छ , आबश्यकता, हरेक कुराहरु जोडिन्छन् । त्यसकारण मैले अरुलाई नै सेवा गर्ने लक्ष्यका साथ मेरो व्यक्तिगत जिवनमा सन्तान बनाउन चोहन । मैले मेरो बालबच्चा बनाएर व्यक्तिगत जिवन जिउनु भन्दा म जस्ता हजारौ बालबालिकालाई सेवा गरेर भविस्यमा दक्ष बनाउनु भन्ने लक्ष्य बोके , सपना देखे ।
यस्तो खालको सोच आफै बनाउनु भयो की अरु कसैबाट प्रभावित भएर यो सेवामा लाग्नु भयो ?
मलाई खासै प्रेरणा दिने मानिस त भएनन् तर म सानै देखी नै दुःख पाएको, भोगेको हुदा मैले सानै उमेरमा कल्पना र सपना बुने की म जस्तो अरुलाई हुन दिदैन । म आफै नै प्ररेणादायी बन्न पुगे । किन भने मैले एउटा कापी र कलम किन्नलाई धेरै संघर्ष गर्नु पर्ने अवस्था थियो । स्कुल जान पनि उत्तिकै समस्या थियो । यसरी संघष गरेर पढ्दै जादा एसएलसि पास गरेपछि क्याम्पसमा अध्ययन गर्ने सिलसिलामा मडटरीसा जस्ता महान् समाजसेवीहरुको किताव पनि अध्ययन गरे । त्यसपछि समाजसेवाको महत्व पनि बढ्दै गयो ।
अब यहाले दश जना बालबालिकालाई हेरचाह गरी रख्नु भएको छ ? आफै जन्माएका अभिभावकलाई ती बालबच्चा हुर्काउन ,बढाउन कति समस्या हुन्छ भने तपाई कुनै बेला त्यस्तो झन्झट, दिक्क लाग्दैन ।
त्यस्तो हुदैन हेर्नुस् । एकदम ती बालबालिकाहरुको शिक्षाा, दिक्षा उनीहरु यति धेरै खुसी छन् । त्यसकारण उनीहरु खुसी भएकाले म पनि उत्तिकै खुसी छु । उनीहरुको भविस्य राम्रो भईरहेको छ भने मेरो समय पनि उनीहरुकै वितेको छ ,। त्यसैले उनीहरु अभिभावक साहारा विहिन छन् भने मेरा आफना बालबच्चा छैनन् ।
अनि उनीहरुलाई मैले मेरै बालबच्चा जसरी लालनपालन गरीरहेको छ । मैले यी बालबालिका मात्रै होईन कुनै दुःख पाएका अरु भएमा उनीहरुलाई पनि ल्याएर सयौँ, हजारौ बालबालिकाको भविस्य फलदायी र दक्ष र योग्य बनाउने चाहाना छ ।
अन्तमा केहि भन्नु
अन्तमा मेरा अनुभव र विचारहरुलाई  राख्न दिएकोमा तपाई अनि तपाईको तुलसीपुर खवरडटकम अनलाईन परिवारलाई धेरै धन्यावाद छ । खासगरी मैले मानव भएर जन्म लिईसकेपछि कोहि कसैको बालबालिकाहरु बेसाहारा र अशिक्षित नहोन् भन्ने लाग्छ ।यदि त्यस्ता कोहि कसैको बालबालिकाका अभिभावक साहारा विहिन भएर गरिवीका कारण पढ्न लेख्नबाट बन्चित छन् भने हामी सवैले सक्दो सहयोग गरौ । उसको भविस्यका बारेमा हामी जो सुकैपनि बुझन जरुरी छ ।

ती बालबालिकाहरुको भविस्य सुन्दर बनाउन तपाई हामी सवै अभिभावकको दायीत्व हो । अशिक्षा र गरिवीले कसैको पनि भविस्य बर्बाद नहोस् र हुन नदिन सवैे सहयोग गरौ । त्यस्तो कहि कतै भेटेमा मैले त्यस्ता बालबालिकाहरुलाई सक्दो सहयोग गर्नेछु ।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया