२०८३ कार्तिक १९ गते बिहिवार

सडकपेटीमा भौतारिएका बेसाहारा दुई जनालाई तुलसीपरबाट उद्धार गरियो

तुलसीपुर, ५ पुष । सडकपेटीमा भौतारिएका बेसाहारा दुई जनालाई तुलसीपुरबाट उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेको निर्देशनमा मनोसामाजिक समस्याका कारण सडकमा जिवन विताउदै आएका एक पुरुष र एक महिलालाई गएराती सडकबाट उद्धार गरीएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । उनीहरुलाई दाङको सिसहनियामा रहेको निलसागर आश्रममा पठाईएको छ ।

आश्रमका संयोजक प्रकाश विष्टको सहभागितामा उनीहरुको उद्धार गरीएको हो । तुलसीपुर बजार क्षेत्रलाई बेसाहारा सडक मानव मुक्त गर्ने अभियान अन्र्तगत दोस्रो चरणमा ती बेसाहारा मानिसहरुको उद्धार गरिएको केसीले जानकारी दिएका छन् । यस अघि कोभिड माहामारी आउनु अघि पनि बजार क्षेत्रको सडक पेटीमा बस्ने बेसाहारा नागरिकलाई उद्धार गरी आश्रममा पठाईएको थियो ।

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।