२०८३ कार्तिक १९ गते बिहिवार

भ्रष्टाचार बिरुद्धको अभियानले गतिलिदै : घिमिरे

तुलसीपुर, २४ मंसीर । लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले भष्टाचारमा शुन्य सहनशीलता बढेको जिकिर गरेका छन् । अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवशको अवशरमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीको आयोजना तथा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरीक सञ्जालको समन्वयमा भएको कार्यक्रमा बोल्दै घिमिरेले अनियमितताका उजुरी बढ्नु भ्रष्टाचर बढ्नुको एथेष्ट प्रमाण नभएको भन्दै उजुरी बढ्नु सरकारले ल्याएको भ्रष्टाचार बिरुद्धको शुन्य सहनशलता नीतिको उपज भएको बताए ।

भ्रष्टाचार निवारण र लैङ्गिक हिंसा न्यूनीकरणमा सार्वजनिक निकायको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा घिमीरेले नागरिकमा समेत कतै अनियमितता भएको देखे वा जानकारी पाए उजुरी गर्ने परिपाटीको विकास भएको भन्दै यसले भ्रष्टाचार बिरोधी अभियानले गति लिएको बताए ।

सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकाले भ्रष्टाचार मुक्त नगरपालिका बनाउने अभियानमा अनवरत रुपमा लागि रहेको बताए । बिभिन्न योजनामा बजेट परेपछि कार्यसम्पन्न र भुक्तानी नहुँदै पनि अनियमितताको बारेमा उजुरी हाल्ने गलत परिपाटी बस्ने गरेको उनले बताए ।

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जिल्लामा भ्रष्टाचारमा संलग्नलाई प्रोत्साहित नगरी निरङ्कुशताका साथ नीतिको कार्यान्वयन गरिने बताए । उनले व्यक्ती, संस्था, समहु, तथा राज्यका तह तथा तत्काहरु सार्वजनिक निकाय रहेको उल्लेख गर्दै हरेक सार्वजनिक निकायलाई भ्रष्टाचार मुक्त बनाउन उद्दत रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।