पाल्पा, २२ कात्तिक ।पाल्पामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको तानसेन नगरपालीका वडा नम्बर १ गैरीगाँउ बस्ने वर्ष २१ का बिनित बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लाको बगनासकाली गाउपालीका रानीघाट स्थित कालिगण्डकी नदी देखी १५० मिटर पुर्व तिर रहेकोे खोल्सामा पौडी खेल्ने क्रममा आज शनीबार दिउँसो १२ः३० ज्यान गएको हो । प्रहरी र स्थानीय द्धारा मृत अवस्थामा खोल्साबाट बाहीर निकालीएको प्रहरीले बताएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहीले बताएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार





