२०८३ साउन १३ गते बुधवार

दाङमा ग्यासको कृतिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

दाङ,१२ साउन । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा ग्यासको कृतिम अभावको सिर्जना नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले मंगलवार एक सुचना जारी गर्दै खाना पकाउने एलपी ग्यासको आपुर्तिमा देखीएको समस्याका कारण कृतिम सिर्जना गरेको भन्ने गुनासो आएको भन्दै त्यसो नगर्न ग्यास विक्रेताहरुलाई आग्रह गर्नुभएको छ ।

बजारमा ग्यास अभाव भईरहेको अवस्थामा अनाश्यक मौज्दात राख्ने,लुकाईछिपाई विक्रि गर्ने, बढि मुल्यमा विक्रि गर्ने र अवैध रुपमा जिल्ला बाहिर पठाउने जस्ता गतिबिधिहरु नगर्न जारी सुचनामा भनिएको छ । प्रशासनले यदी त्यसो गरेको पाईएमा प्रचलित कानुन अनुसार कारवाही गर्ने सुचना मार्फत चेतावनी दिएको छ । साथै ग्यास विक्रेता वा अन्य कसैले कालोबजारी गरेको देखेमा प्रहरी प्रशासनलाई सुचना दिन भनिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया