विकासको गति असाध्दै तिब्र गतिमा बढेको छ

स्थानिय तहको निर्वाचित पश्चात् जनप्रतिनिधिहरु पालिकामा आएको करिब तिनवर्ष पुरा भयो । ति तिनवर्षको दौडानमा निर्वाचनमा जाँदा घोषणापत्र मार्फत धेरै आश्वासन दिएका थिए जनप्रतिनिधिले । पूर्वाधार देखि लिएर अन्य विकासमा नगरमा कस्तो प्रगति भएको छ ? यो सबैको चासोको विषय बनेको छ । यस विषमा देउखुरीबाट तुलसिपुरखबरकर्मी शिवु खनालले लमही नगगरपालिका नगर प्रमुख कुलबहादुर केसीसंग गरेको कुराकानी ।

१, तपाईंहरू निर्वाचित भएर आएको तीन वर्षभन्दा बढी भएको छ, यसबीचमा लमहीका जनताले विकासमा कस्तो अनुभुती गरे ?
मुलुकमा संघियता लागु भएको यो पहिलो पटक हो । संघियताको अनुभुति हामी कसैले पनि गर्न पाएको थिएनौँ । संघियता आइसकेपछि मुलुकमा विकासको असाध्दै तिब्रता गति लिन्छ भन्ने हामी सबैको आशा र अपेक्षा थियो र लामो समयसम्म जनप्रतिनिधिको अभावले कर्मचारी तन्त्रबाट र राज्य सत्ताबाट चलिरहेको थियो । स्वभाविक ढंगले स्थानिय तहमा जनप्रतिनिधि आइसकेपछि विकासले एउटा गति लिएको छ । र अधिकारी सम्पन्नताको हिसाबले पनि स्थानिय तहहरु अधिकार सम्पन्न भएका छन् । त्यसो भएको हुनाले पनि स्वभाविक ढंगले पनि विकासको गति असाध्दै तिब्र गतिमा बढेको छ र जनताको अपेक्षा पनि धेरै बढेको छ । हिजो संघिय सरकारको मातहतमा रहेर काम गर्नुपर्ने जस्तो नभए्र यो स्थानिय सरकार आइसकेपछि धेरै काम भएका छन् । त्यसो भएको कारण जनताहरु पनि खुसि नै हुनुहुन्छ तर पनि मान्छेलाई तृप्ता भन्ने कुरा हुदैन । मलाइ पुग्यो, अय यती भन्दाधेरै गर्नुछैन भन्यो भने विकासको गति अगाडि बढ्न सक्दैन । त्यसो भएको हुनाले पनि जनताको अपेक्षा अझ धेरै छ तर पनि हामी जनताको अपेक्षालाई सम्बोधन गर्न सकेका छौ भन्ने मैले महशुस गरेको छु ।

२, पूर्वाधारको विकासमा कस्तो प्रगति भएको छ ?
मलाई लाग्छ पूर्वाधारका हिसाबले यो तिनवर्ष स्वर्णीम युगका रुपमा स्थापित भएको छ । अठार उन्नाइ वर्षको बिचमा केही नभएका कामहरु तिनवर्षको बिचमा भएका छन् । हाम्रा समस्याहरु के हो भने हिजो संघिय कानुन अनुसार अगाडि चल्न सक्थ्यो तर अहिले हामी संघिय कानुनमा रहेर स्थानिय स्तरमा ऐन कानुन बनाएर अगाडि बढ्नुपर्ने सन्र्दभमा पनि हामीले पूर्वाधार रुपमा धेरै कामहरु गरेका छौँ । पूर्वाधारको हिसाबमा शुन्य अवस्था थियो । एउटा गा.वि.स.को कार्यालय थियो त्यो भन्दा अरु कुरा थिएनन् । हामीलाई नगर क्षेत्रमा नौवटै वडा कार्यालय संचालन गर्नुपर्ने, नौवटै वडामा नगर स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने लगायत विभिन्न काम गर्नुपथ्र्यौ । बाटाघाटाका हिसाबले अहिले पनि दुरदराजका गाउँ घरमा बाटोहरु लिङ्केजमा थिएनन् । हामीले बाटोको सन्र्दभमा सुन्डबरी देखि बसन्तापुर, शितलापुर जोड्नका निम्ती बाटो निर्माण ग¥याँै । अहिले त्यहाँ दुइवटा गाडि पास हुने बाटो निर्माण भएको छ । त्यसैगरी त्यहाँ बिजुली थिएन । बिजुली विस्तार काम भएको छ र खानेपानीको प्रक्रिया अगाडि बढेको छ । अर्को कुरा लमहीको गौरवको योजना अन्तरगत नगरका सबै वडाहरुलाई जोडेर दक्षिण तर्फबाट नर्ती, डोरही, बरुवा गाउँ सोनपुर हुदँै रनियापुरको पुलबाट कोलहीको दक्षिण भएर मध्यनगर, कमानपुर, हसनापुर हुदै भौका निस्कने र भौका पनि रिहार हुदै तरुले, कोल्तरा हुदैँ च्याउखोला निस्कने यो बाटोलाई हामीले गौरवको योजनामा राख्यौँ । अहिले वडा नम्बर चारको सिमाना सम्म राम्रो चौराह र हेर्न लायत बाटो निर्माण भएको छ । यो हाइवेको बैकल्पिक मार्गको रुपमा स्थापित भएको छ । यस्तै सात नम्बर देखि आठ नम्बर वडा जोड्ने अर्को बाटो तयार भएको छ चार र पाँचमा केही बाकी रहेको छ । त्यसैगरी नाँै नम्बरको भायमा आधा भन्दा बढि बाकी छ । यसरी लमही नगरका सम्पूर्ण गाउँ बस्तीलाई जोड्न बैकल्पिक मार्गको रुपमा त्यो रिङ्रोड भएको । यस्तै नर्ती देखि सोनपुर सम्म पिच हुदैछ र एक नम्बर वडाका सबै बाटाहरु ग्राभेल भएका छन् । त्यसैगरी वडा नम्बर तिनको जखेराताल जोड्ने बाटो आधा पिच भएको छ र बाकी बचेको बाटो पिच हुदैछ । त्यसपछि मजगाउँ देखि मसानबाट हुदै श्रीगाउँ चोक सम्म जोड्नेबाटोको स्तर उन्नती भएको छ । त्यसैगरी वडा नम्बर चारको अर्नहवा देखि चैलाही हुदै बयलडाँडा जोड्नेबाटोको स्तर उन्नती भएको छ अव पिच गर्न मात्रै बाकी रहेको छ र प्रक्रियामा रहेको छ । कोलही र लमही जोड्ने नगरपालिकाको तिन करोड लगानीमा पक्की पुल निर्माण गरिसकेका छाँै र अर्नहवा देखि चैलाही जोड्ने पुलका निम्ती डि.पि.आर. तयार पारेका छाँै र पुल बनाउने प्रक्रियामा छाँै । यस्तै नगरपालिकामा बस्ने भवन थिएन । सुविधा सम्पन्न भवन निर्माण गरेका छौँ । आठ र एक नम्बर बाहेक वडा कार्यालयहरु कतै थिएनन् । तिन नम्बरको अन्तिम चरणमा रहेको छ भने सात नम्बर बनाउने प्रक्रियामा रहेको छ । दुइ नम्बरको भवन निर्माण भएर हस्तान्तरण भएको छ । त्यसैगरी वडा नम्बर एकमा बर्थिङ् सेन्टर स्थापनाको काम अन्तिम चरणमा रहेको छ भने नौँ नम्बरमा डेण्डर भइसकेकोछ । त्यसैगरी हामीले लमहीमा भ्यूटावरको स्थापना गरेका छाँै । यस्तै लमही बजार क्षेत्रामा बाटाघाटा निर्माण भएका छन् । त्यसैगरी गोरक्षटोल हुदै देउपुर अर्जनखोला सम्म बाटो पिच भएको छ । यस्तै पिपल बुटा देखि लंगढी सम्म जानेबाटो पिचको अन्तिम अवस्थामा रहेको छ । एव्म प्रकारले सबै बस्तीहरुलाई बाटाघाटाले छोइको छ र संरचनाका हिसाबले बनाएका छाँै । त्यती मात्रै नभएर हामीले विद्यालयमा भवनको अभाव थियो । विद्यालयमा भवनको निर्माण गरेका छौँ । देउखुरीमा सर्पको असाध्दै बिगबिकी हुने ठाउँ हो । लमही अस्पतालको छेवेमा करिब तिन करोडको लगानीमा तिन तल्लाको सर्पदंश उपचार केन्द्रको भवन निर्माण गरेका छाँै । र वडा नम्बर चारको सुनखोली र पाँचको लमहीको सार्वजनिक बगैँचामा शौचालय निर्माण गरेका छाँै अव हस्तान्तरण को प्रक्रियामा रहेको छ । यसरी एउटा भौतिक पूर्वाधारका हिसाबाले जग तयार गर्ने काम हामीले गरिसकेका छौँ । अहिले स्वभाविभ हिसाबले राजधानी पनि देउखुरी क्षेत्रलाई तोकेको कारणले हामीसंग भौतिक संरचना छैनन् कि भन्ने कुरालाई अन्तय गर्ने गरि त्यसको जग तयार गरिसकेका छाँै ।

३,निर्वाचनमा जाँदा तपाईहरूले घोषणापत्र मार्फत धेरै आश्वासन दिनुभएको थियो तर, धेरै पूरा हुन सकेनन् नि ?
निश्चित रुपमा हामी चुनावमा जादा खेरी धेरै कुराहरु बोलेका थियौँ । हामीले बोलेका कुराहरु मध्य धेरै कुराहरुको सम्बोधन गरेका छाँै तर हामीले केही कुराहरु अझ गर्न बाकी रहेको छ । हामीले घोषणपत्रमा के भनेका थियाँै भने सबे किसानहरु जो एैलानीमा बस्नु भएको छ, वनमा बस्नु भएको छ, जस्को अहिले सम्म केही छैन त्यस्ता मान्छेहरुलाई जग्गाको मालिक बनाउछाँै जनताका सामु भनेका थियाँै । त्यो प्रक्रिया पुरा भएको छैन । त्यसैगरी तपाइको जिवनस्तरलाई परिवर्तन गर्ने, तपाईहरुलाई आर्थिक रुपले समृद्ध बनाउछौँ पनि भनेका थियौँ । त्यो प्रक्रियामा छ, त्यसको परिणाम आएको छैन आउन बाकी रहेको छ । हामीले तपाईहरुको घरको छाना हटाएर जस्तापात लगाउने कुरा पनि बोलेका थियाँै । त्यो कुरा प्रक्रियामा अगाडि बढेको छ । जस्तापात लगाउने कार्यक्रममा लमही नगरपालिका भित्र तिनसय ४७ घरधुरी संख्याको काम सुरु भएको छ । अव पुर्जाको कुरा संघिण् सरकारबाट ऐन बनाएर आयो भने हामीले डाटा संकलन गरि सकेका छौँ । अरु भौतिक पूर्वाधरका हिसाबले शिक्षा, स्वास्थ्य लगायत हामी सबै वडाहरुमा नगर स्वास्थ्य केन्द्र स्थापना गरेका छाँै । हामी अव लमही अस्पताललाई अवग्रेट गर्न अवस्थामा रहेका छाँै । हामीले बोलेका कुराहरु लगभक पुरा भएको छन् जस्तो लाग्छ । जनताको जिवनस्तरलाई परिवर्तन ल्याउने कुरा, हामी सबैलाई कस्ले के गर्न चाहान्छ, त्यही अनुसारको सिप दिने र पुजीको व्यवस्थापन गरेर सबैलाई आयआर्जनमा जोड्ने काममा लागेका छौँ । यसको परिणाम आजको आजै आउदैन । मलाई लाग्छ तिन चारवर्ष भित्र लमही नगरपालिकाका नागरिकहरु बेरोजगार छाँै, हामी आयआर्जनसंग जोडिएका छैनाँै, हामीलाई खान पुगेको छैन भन्ने स्थिती आउदँैन ।

४,किसानहरूको जीवनस्तर बढाउन तपाईंहरूसँग के छ योजना ?
नेपाल कृषि प्रधान देश हो । हामी सबैको जिवनस्तर धान्ने काम किसानले गरेका छन् । तर उनिहरुको पेशालाई म¥यादित बनाउन सकेका छैनौँ । त्यो किन सकेको छैनौँ भन्दा किसानहरुले उत्पादन गरेको लागत धेरै छ, लागत अनुसारको उनिहरुले परिणाम प्राप्त गर्न सकेका छैनन् विक्री मुल्य प्राप्त गर्न नसकेको अवस्था रहेको छ । त्यस्का निम्ती हामी नयाँ योजनाका साथ नजाने होभने उनिहरुको जिवनस्तरमा परिवर्तन हुदै भन्ने मुल्य र मान्यताको आधारमा अव हामी सबै कृषि पेशालाई यन्त्रीकरण गर्दैछौँ । अप समुह र सहकारी मार्फत सबै एउटै प्रकृतिका व्यवसायी गर्ने किसानहरुको बिचमा चक्ला बन्दी गर्ने र चक्ला बन्दीबाट यान्त्रीकरणद्धरा उत्पादन गर्ने हो भने उत्पादन लागत घट्छ र विक्री मुल्य बढ्छ, विक्री मुल्य बढ्यो भने किसानको जिवनस्तर माथी उठ्छ र किसानहरुको पेशा म¥यादित हुन्छ । अहिले किसानले मरनझे काम गर्छ र कमाउन सकेको छैन । त्यसकारणले किसानी गर्नुपर्ने किसानले पनि म कृषि गर्छु भन्दा हिन्ताबोध महशुस गरेको छ । र अरुको नजरले पनि किसानलाई घृणाको नजरले हेरेका छन् ।

५,लामो समय कर्मचारी तन्त्रबाट चलेको स्थानीय तहमा जनप्रतिनिधि आउदा कार्यशैलीमा केही फरक आयोकी नाई ?
स्वभाविक ढंगले अनुभुती गर्ने कुरा हो । मलाई लाग्छ जनताका विचमा सोध्दनु भयो भने तुलानात्मक रुपमा जनप्रतिनिधि र कर्मचारीको धेरै फरक त भइहाल्छ । यद्यपी हामी जनप्रतिनिधि भएर जती भुमिका निर्वाह गर्नुपथ्र्यौ जनतासंग हामीले गर्न सकेका छैनाँै होला तर कर्मचारीको तुलनामा त धेरै गुना जनताको पक्षमा काम गरेका छाँै हामी जनप्रतिनिधिले र गर्न पनि पर्छ । त्यसो भएको हुनाले जनताहरुले त्यो महशुस गर्नु भएको छ । कर्मचारी तन्त्रमा उनिहरुलाई ऐन कानुन पल्टाएर ऐन कानुनका कारणले जनतालाई अप्ठ्यो पार्ने काम गरेको होलान् तर जनप्रतिनिधि आइसकेपछि सके सम्म जनप्रतिनिधिले मन जित्नका निम्ती प्रयास गर्छ । कर्मचारीले ऐन कानुनले रोक्न खोजेपनि जनप्रतिनिधिले कुन निर्णय प्रक्रियाबाट के गर्दा जनताका पक्षमा काम गर्न सकिन्छ भनेर लाग्ने भएको हुनाले पनि जनप्रतिनिधि र कर्मचारीको विचमा तुलना गर्न सकिन्न । जनप्रतिनिधि भन्या जनताको पक्षमा रहेर काम गर्ने भएको हुनाले स्वभाविक ढंगले सहज भएको महशुस गरेको छु ।

६,समग्र देउखुरी लामो समयसम्म दाङ उपत्यकाको उत्पीडनमा परेको यहाँका जनताले अनुभुती गरेका थिए, प्रदेश राजधानी पाए पछि यहाँ खुसीयाली पनि छाएको छ । के अब देउखुरीको विकासको सम्भावना बढेको हो ?
असाध्दै महत्वपूर्ण प्रश्न गर्नु भएको छ यहाँले । बास्तमा देउखुरी अती स्म्भावन भएर पनि अगाडि बढ्न नसकेको उपक्षीत भएको ठाउँका रुपमा हामी सबेले लिएका छाँै । हामीसंग पूर्वपश्चिम राजमार्ग छ, हामीसं कोइलाबास देखि लमही हुदै घोराही जोड्ने सडक हाम्रो विचमा रहको छ । त्यसोभएको हुनाले पनि यस क्षेत्रको विकास पनि असाध्दै अगाडि बढ्न पथ्र्यौ । तर पनि यो ठाँउ राजनितिक रुपले र प्रशासनिक रुपले उपेक्षित भएको कुनै पनि कार्यालयहरु देउखुरीमा आउन नसकेको र दाङको सोषक्षित क्षेत्रका रुपमा देउखुरीलाई हेर्ने गरिएको हामीले महशुस गर्ने गरेको थियौँ । देउखुरीको छुट्टै पहिचान छुट्टै अस्थित्व हामी कायम गर्न सकिरहेको थिएनाँै । त्यसकारणले देउखुरीबासीहरु असाध्दै उपेक्षित भएको महशुस गरिरहेका थियाँै । अहिले स्वभाविक ढंगले यो प्रदेशको मध्य विन्दुका रुपमा देउखुरी क्षेत्रमा अवस्थित थियो । स्वभाविक ढंगले राजधानी देउखुरीले प्राप्त गर्नपथ्र्योँ त्यो सुरुमा अस्थाई राजधानी बुटवललाई तोक्दा न्यापूर्ण गर्न सकिएन । त्यती बेला अन्या भएको थियो । अहिले प्रदेश सरकारले असाध्दै बुद्धिमता ढंगले देउखुरी उपत्यका भालुवाङ्लाई केन्द्र विन्दु बनाएर राजधानी घोषण गरेको छ । यो बास्तमा असाध्दै राम्रो काम गरेको छ प्रदेश सरकारले । यो सबैले अनुसरण गर्न लायत रहेको छ । त्यसो भएको हुनाले प्रदेश सरकार धन्यवाको पात्र भएको छ । अव राजधानी प्राप्त गरिसकेपछि देउखुरीको भविश्यकको सन्दर्भमा कुरा गरिरहदा यसको भविश्य असाध्दै उज्वल रहेको छ । यसको सम्भावना पनि थियो र अहिले त्यो सम्भावना यथार्थको रुपमा परिणत भएको छ । देउखुरी एउटा धेरै जनधनत्व र ठुलो एउटा भ्याली हो । यो भ्यालीलाई एउटा राम्रो योजनाबाट विकास गर्न सुरुवात ग¥याँै भने हामीसंग प्रसस्त सम्भावना रहेको छ । हाम्रो यो जनु मानव बस्तीको विकास भएको छ तपाईले इतिहासलाई अध्ययन गर्नुभयो भने नदी किनारबाट मानव सभ्यताको विकास भएको छ । त्यो सबै भन्दा राम्रो र ठुलो नदी राप्ती नदी हाम्रो विचबाट बगेको छ, यो एउटा सौभाग्य कुरा हो । दाङ र देउखुरी उपत्यकाको फरक भनेको के हो भने दाङ उपत्यका ठूलो छ अरु सबै हावापानीको हिसाबले राम्रो छ तर त्यहाँ पानी अभाव छ । देउखरी उपत्यकाको विचौविचबाट राप्ती नदी बगेको छ । यो राप्ती नदीलाई अभिशाव हैन ब्रदानका रुपमा परिवर्त गर्नपर्छ । राप्ती नदीलाई दुइतिरबाटा दोहोरो तटबन्ध गरेर व्यवस्थित रुपले राप्ती नदी बग्न दिने र त्यसको दाँया र बाँयाबाट ठूलो ठूलो सडकहरु निर्माण गर्ने र अरु यो देउखुरी भित्र चाहाीने सबै सडकहरु सयाँै वर्ष ध्ययनमा राखेर त्यो सडकहरु निर्माण गर्ने सम्भावना रहेको छ । त्यती मात्रै हैन हामी पर्यटकीय हिसाबाले राप्ती नदीलाई ¥याप्टिङ् गर्ने र विभिन्न ढंगले जनकृडा गर्ने थलोको रुपमा विकास गर्न सकिन्छ । अस्ती मुख्यमन्त्रीले पनि एउटा कार्यक्रममा बोल्नु भएको थियो यो संसारकै एउटा सुनौला शहरको रुपमा विकास गर्न सकिन्छ भनेर । त्यसका निम्ती मुख्यमन्त्री मात्रै लागेर वा प्रदेश सरकार मात्रै लागेर वा हामी स्थानिय सरकार मात्रै लागेर हुदैन । यसका निम्ती यहाँका जनसमुदायहरु पूर्ण समर्थन चाहिन्छ । आज भोली मैले देखि रहेको छु दिनमा सयाँै गाडिहरु लिएर जग्गाको कारोबार गर्न दौडिनु भएको छ । मैले जतीलाई भेटेको छु तपाईहरु यो अनावश्यक दौडानमा नदौडन अनुरोध पनि गरेको छु । भोली यो क्षेत्रको प्लानिङ् कुन ढंगको हुन्छ, त्यही ढंगले कित्ताकाट गर्न पाइने नपाइने र कुन क्षेत्रलाई आवासीय र कुन क्षेत्रलाई व्यापारीक क्षेत्र बनाउने, कुन क्षेत्रलाई प्रशासनिक क्षेत्र बनाउने, कुन क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने यो सबै योजना हुन्छ । यो योजना अनुसारको बेला तपाइको जग्गा कित्ताकाट तथा विक्री वितरण गर्न नपाइने भएको हुनाले तपाइहरु अनावशयक आफ्नो पैसा नगुमाउनुस् भनेर मैले पटकपटक अनुरोध गरेको पनि छु । देउखुरीलाई खण्डीकरण गर्न नदिने हो भने गुरु योजनाका आधारमा हामी अगाडि बढ्न सक्यौँ भने समग्र देउखुरी मात्रै हैन यसले दाङ उपत्यका, अर्घखाँची, प्यूठान, गुल्मी समग्र पाँन नं. प्रदेशलाई प्रभाव पार्ने खालको एउटा त्यस्तो सुन्दर शहरको रुपमा विकास गर्न सकिन्छ । त्यसो भएको हुनाले देउखरीबासीहरुको भविष्य उज्वल रहेको मैले महशुस गरेको छु ।

७, मुख्यमन्त्री शंकर पोख्रेलले नयाँ शहर निर्माण गर्ने भन्नु भएको छ । नयाँ शहर निर्माण गर्दा के कुरामा ध्यान दिनुपर्ला ?
नयाँ शहर भन्या शहरको मेरुडण्डको रुपमा रहेका यो शहरको सडक कुरा रहेको छ । हामी अहिले सम्म नेपालको सन्दर्भमा असाध्दै सागुरा र साङ्ग्रा र हामी भर्खरैलाई मात्रै मध्यनजर गरेर बनाउने गर्छौँ । मैले अगिन पनि भनेको छु कम्तीमा पनि सयौँ वर्षलाई मध्यनजर गरेर यहाँका सडकहरु निर्माण गरियो भने र यो हाइवे भन्दा उत्तर तर्फ एउटा सडक त्यसपछि नदी किसानर भन्दा यता अर्को सडक र असाध्दै फराकिला बनाउने कुरा रहेको छ । यसका साथै हाम्रा पुलहरु निर्माण भइसकेको छन् । त्यसपछि यहाँको अनुकुलनिय वातावरणलाई बचाउनको लागी र भोली यो सुन्दरतालाई कायम गर्नको निम्ती पु¥याउनुपर्ने ध्यायन त्यस तर्फ पनि ध्याय दिन आवश्यक रहेको छ । त्यसपछि यहाँको मौलीकता र देखउरीको पहिचानलाई पनि बचाउन तर्फ ध्यायन दिन आवश्यक छ ।

८,कोरोना भाइरस रोकथाम तथा उपचारका लागि तपाईहरूसँग के छ योजना ?
धन्यवदा, यो असाध्दै महत्वपूर्ण प्रश्न राख्नु भएको छ । कोरोनाको कराणले विश्व स्तव्ध भएको छ । त्यसमा नेपाल अछुतो रहने कुरा भएन । र खासगरी किन दाङ जिल्ला र त्यसमा पनि लमही नगरपालिका हामी हिजो अस्ती सम्म गर्भ गरेका थियौ कि दाङका दशवटै पालिका मध्य सबैभन्दा व्यवस्थित ढंगले क्वारेनटाइन, आइसोलेशन संचालन गरेको र यहाँका नागरिकलाई व्यवस्थित ढंगले क्वारेनटाइन सम्म पु¥याउनका निम्ती लाग्ने जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, यहाँका कर्मचारी, पत्रकार यहाँहरुको असाध्दै व्यवस्थित ढंगले चलेको लमही नगरपालिका थियो । पछिल्लो चरण्मा हामीले कोरोनालाई जित्यौ भने विद्यालयहरु खोल्ने ग¥यौँ लकडाउनको अन्त्य ग¥यौँ त्यसको परिणाम स्वरुप अहिले कोरोना भाइरस जनसमुदायमा गएको अवस्था छ । ज्यान भन्दा सबै ठूलो होइन । पढाइ महत्वपूर्ण त छ तर, ज्यान भन्दा केही नभएको हुनाले हमीले कात्तिक एक गते देखि सोह्र गते सम्म सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छाँै र अनलाइन कक्षा संचालन गरेका छाँै । यस्ते बजार क्षेत्रलाई कसरी व्यवस्थित बनाउने, सार्वजनिक यातायातलाई कसरी व्यवस्थित गर्ने त्यो विषयमा केही सोच्नुपर्छ कि भन्ने हामीलाई लागेको छ । अहिले बास्तमा कोरोना भाइरस समुदाय स्तरम गइसकेपछि अलि चिन्ती भएका छाँै । लमही नगरपालिकाले जुन क्वारेनटाइनका रुपमा राखेको नेत्रलाल स्मृती प्रतिष्ठानलाई आइशोलेसनका रुपमा विकास गर्ने र सेल्फ क्वारेनटाइन स्थापन गरि यहाँ भइपरेका समस्याहरुलाई त्यो आइशोलेसन मार्फत समस्या समाधान गर्न सकिनछ कि भन्ने योजना लमही नगरपालिकाको छ ।

९, र, अन्त्यमा आम नगरवासीलाई के भन्न चाहनुहुन्छ ?
आदरणीय सम्पूर्ण जनसमुदायहरु र खासगरी किन नगरबासीहरुलाई के अनुरोध गर्न चाहानछु भने अहिले कोरोना भाइरसले असाध्दै महामारीको रुप लिन थालेको छ । यसका निम्ती हामी सबै व्यक्ती, परिवार, टोल, वडा समाज सबैले सावधानी अपनायौँ भने मात्रै यो कोरोनालार्य जित्न सकिन्छ अन्यथा हाम्रो यो समुदायनै प्रभावित हुन्छ त्यसकारणले त्यस कुरामा ध्ययन दिनु अनुरोध गर्न चाहान्छु र अर्को कुरा हामीले राजधानी प्राप्त गरेका छौँ । हामी असाध्दै खुसि पनि भएका छाँै । यो खुसि सबैमा साट्न चाहान्छु । अव हाम्रो काधमा जिम्मेवारी थपिएको छ । हामी राजधानीबासी हौँ । हामीले यो शहरलाई व्यवस्थित बनाउनका निम्ती हामी सचेत नागरिकका तर्फबाट खेल्नुपर्ने भुमिका आवश्यक रहेको छ । जग्गा खण्डीकरण भयो भने भोली हामीले सोचेको जस्तो शहर निर्माण गर्न सक्दैनाँै । त्यसकारण यो जग्गा खण्डीकरणलाई तत्तकाल रोक्न पर्छ । आजलाई हैन भोलीलाई सोचेर हामी सबैले संमयता अपनाउन जरुरी छ ।।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया