दाङमा कुन जातको धानको विउँ सिफारिस भयो ? (हेर्नुहोस )

सुधासुमन ढकाल

जेठ १७ दाङ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय दाङले पाँच जातको धानको विउँ सिफारिस गरेको छ । कार्यालयका अनुसार राम, सावा सब १, सुख्खा ३, सुख्खा ५ र सुख्खा ६ जातका धानको विउ सिफारिस गरेको हो । कार्यालयको मसिना तथा बास्नादार धान उत्पादन कार्यक्रम अन्र्तगत यो विउ किसानहरुलाई ७५ प्रतिशत अनुदानमा बिक्रि गरिने माटो विज्ञ दिगम्बर यादवले जानकारी दिनुभएको छ । किसानहरुलाई यि जातका धानको बिउ सबै सेवा केन्द्रहरुबाट वितरण गर्ने गरिएको यादवले बताउनुभयो । यो वर्ष कार्यालयले २५ मेट्रिक टन सम्म धानको विउ बिक्रि गर्ने लक्ष्य राखेको यादवको भनाई छ ।

६६ हजार हेक्टर जम्मा खेतियोग्य जमिन मध्ये दाङमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । यसैबिच कार्यालयले हाइब्रिड जातको धानको बिउ प्रयोग नगर्न किसानहरुलाई आग्रह गरेको छ । “हाइब्रिड जातको धानको बिउको प्रयोगले उत्पादन बढे पनि त्यसले मानव स्वास्थ्यमा असर गर्छ र जमिनको उर्बरा शक्तिमा पनि ह«ास आउँछ , त्यसैले हामीले किसानलाई लोकल जातको धानको बिउ प्रयोग गर्न सुझाव दिन्छौं,” माटो विज्ञ दिगम्बर यादवले बताउनुभयो ।

माटो विज्ञ यादवका अनुसार हाइब्रिड जातको धानको विउमा रासायनिक मलको प्रयोग पनि उन्नत जातको धानको विउको तुलनामा बढि प्रयोग गर्नुपर्ने हुँदा जमिनको उर्बरा शक्तिमा घट्दै जान्छ । कार्यालयका अनुसार धानको उत्पादन बढाउनका लागि धानको जातको साथ साथै रासायनिक मलको प्रयोगमा पनि ध्यान पु¥याउन आवश्यक छ । माटो विज्ञ यादवका अनुसार उन्नत जातको धान खेति गर्दा प्रति कट्ठा जमिनमा साढे ६ किलो युरिया, ३ किलो डि.ए.पि. , डेढ किलो पोटास र आधा किलो जिंक मिलाएर छर्नुपर्ने हुन्छ ।।

प्रकाशित मिति : २०७४ जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया