लघुवित्तको जोखिम न्युनिकरणमा ध्यान दिनुपर्ने

देविराम कुसारी ,तुलसीपुर १५ जेठ ।
समुदायलाई आर्थिक रुपले सवल वनाउनको लागी लघुवित्तिय संस्थाहरुमा देखा परेको जोखिम लाई न्यौनिकरण गर्नुपर्ने आज सोमवार तुलसीपुरमा भएको एक कार्यक्रमका सहभागिहरुले वतएका छन् । दाङमा रहेका लघुवित्तिय संस्थाहरुको सयुक्त आयोजनामा तुलसीपुरको गणेशपुर पार्कमा भएको लघुवित्तमा देखा परेका चुनौति न्यौनिकरण विषयक भेलाका सहभागिहरुले चुनौतिहरु बढ्दै गइरहेको प्रति चासो व्यक्त गरेका थिए । लघुवित्त कार्यक्रममा नीतिको कार्यान्वयन, एकरुपता, सदस्यहरुको दोहोरो भुमिका, केन्द्र प्रमुखहरुको एकाधिकार, सदस्यहरुको अविश्वास लगाएका चुनौती वढेको कार्यक्रमका सहभागिहरुले वताएका थिए ।

स्वाबलम्वन विकास वैंक तुलसीपुरका प्रमुख विष्णुहरी घिमिरेको अभयक्षतामा भएको कार्यक्रममा वोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्र तघुवित्तय कार्यक्रमका लोकमणी रेग्मीले पछिल्लो समयमा सदस्यहरुको विश्वस्नियता घट्दै गएको वताउनु भयो । लघुवित्तिय संस्थाले विना धितो सजिलै ऋण दिने भएका कारण सवैले ऋण लिन खोज्ने तर समयमा नतिर्नेको संख्या बढेको भन्दै रेग्मीले त्यस तर्फ सचेत हुनुपर्ने वताउनु भयो । कार्यक्रममा लक्ष्मी विकास वैंकका प्रेम सुवेदीले केन्द्रका प्रमुखले सदस्य वाट उठेको रकम दुरुपयोग गर्ने क्रम बढेको भन्दै सोचविचार गरेर मात्रै समुका प्रमुख छनोट गर्नुपर्ने वताउनु भयो ।

त्यसैगरी निर्धन उत्थान विकास वैंकका आनन्दप्रसाद न्यौपानेले लघुवित्तीय कार्यक्रमका सदस्यहरु धेरै वटा लघुवित्तीय कार्यक्रमका सदस्य भन्ने गरे वाट पनि समस्या भएको वताउनु भएको थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्र लघुवित्तिय कार्यक्रमका ऋषीराज पाण्डेयले सहजिकरण गर्नुभएको भेलाले जोखिम न्यौनिकरणका साथै समग्र विकासका लागि ११ सदस्यीय लघुवित्त कार्यक्रम जिल्ला समन्वय तदर्थ समिति समेत गठन गरेको छ ।

लक्ष्मी विकास वैंकका प्रेम सुवेदीको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा स्वाभलम्वन विष्णुहरी घिमिरे,सचिवमा निर्धन उत्थान विकास वैंकका आनन्दप्रसाद न्यौपाने, कोषाध्यक्षमा गणपती लघुवित्तका यशोदा चौधरी र सहसचिवमा ऋषिराज पाण्डेय रहनुभएको छ । भेलाले छिमेकी विकास वैंकका सुरेस न्यौपाने, डिप्रोसका भिमसेन केसी र इन्फिनिटिका विष्णु वस्याललाई सदस्यमा चयन गरेको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया