२०८३ भाद्र ९ गते मङ्गलवार

प्रतिनिधिसभाको आजको बैठक स्थगित

फोटो फाईल

काठमाण्डौ, ९ भदौ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।

यस्तै कानुनमन्त्री गौतमले नै मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । साथै अन्य विधेयक पनि प्रस्तुत गर्ने कार्यसुची रहेका थिए । यी कार्यसुचीहरु अब अर्को बैठकका लागि सर्नेछ ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया