तुलसीपुर, ४ भदौ । दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक घोराही ५ बसन्तपुर निवासी ४५ बर्षिय बिनोद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य दुई जना घाईते भएका छन् । घाईते हुनेमा अटोमा सवार घोराही ५ बसन्तपुर बस्ने ४० बर्षिय खिमराज के.सी र सोहि ठाउँका ४० बर्षिय तिलक के.सी रहेको डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।
घोराही तुलसीपुर सडक खण्ड अन्र्तगत सौडियारबाट सर्रातर्फ आउदै गरेको रा १ त ३७०९ नम्वरको ट्याक्टर र बिपरित दिसाबाट बसन्तपुरतर्फ जादै गरेको लु.प्र.०२००१ ह १९२९ नम्वरको अटो हिजो बेलुका ८ बजेतिर ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भिर घाईते भएका अटो चालकको कोहलपुर मेडिकलमा उपचारको क्रममा आज विहान पौने तिन बजेतिर निधन भएको उहाले जानकारी दिनुभयो । घाईते भएका दुई जनाको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको उहाले जानकारी दिनुभएको छ । प्रहरीले ट्याक्टर चालक घोराही १७ भैसाही बस्ने २३ बर्षिय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको उहाले जानकारी दिनुभयो ।





