२०८३ साउन १८ गते सोमवार

तुलसीपुरमा ३९० थान राप्ती ग्यास सिलिन्डर वितरण हुदै

फोटो फाईल

तुलसीपुर, १८ दाङ ।  तुलसीपुर क्षेत्रमा आज राप्ती ग्यास ३९० सिलिण्डर वितरण गरिदैछ । ईन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विनोद बस्नेतका अनुसार तुलसीपुर क्षेत्रका आएको उक्त परिमाणको राप्ती ग्यास विभिन्न पसल तथा सप्लायर्सहरुबाट वितरण गरिने भएको छ । सल्यानरोडमा रहेको न्यु सगरमाथा ग्यास सप्लार्यसलाई ५० थान, भुसान ग्यास सप्लायर्सलाई ६० थान, ओम ईन्टरप्राईेजजका लागी ५० थान, खनाल ईन्टरप्राईेजज पर्सेनीका लागी ५० थान, सल्यानरोडमा रहेको न्यु पन्चकोसी ईन्टरप्राईजेजका लागी ३० थान, वेलकम सप्लायस उरहरीका लागी ५० थान, अन्नपुर्ण ग्रोसिटी स्टोर रक्षाचौरबाट ५० थान ग्यास सिलिण्डर वितरण गरिने भएको छ ।

वितरण सूची अनुसार ग्यास विक्रेता मार्फत उपभोक्तालाई ग्यास उपलब्ध गराइने भएको हो। सम्बन्धित ग्यास विक्रेताले आफ्नो कोटा अनुसार उपभोक्तालाई सहज र व्यवस्थित रूपमा ग्यास वितरण गर्ने जनाइएको छ।तुलसीपुर क्षेत्रमा लामो समय देखी खाना पकाउने ग्यास अभाव हुदा उपभोक्ताहरुलाई सास्ती भएको छ ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार
प्रतिक्रिया