सुधासुमन ढकाल,
तुलसीपुर , ९ जेठ
यस वर्ष जिल्ला कृषि विकास कार्यालय दाङले दुई जातको मकैको विउ सिफारिस गरेको छ । कार्यालयका अनुसार अरुण २ र रामपुर कम्पोजिट जातका मकैको विउ सिफारिस गरेको हो । कार्यालयको अभियानमुखि मकै उत्पादन कार्यक्रम अन्र्तगत गरिने यो विउ किसानहरुलाई आधा मुल्यमा बिक्रि गरिने माटो विज्ञ दिगम्बर यादवले जानकारी दिनुभएको छ ।जसको बजार मुल्य प्रतिकिलो ९० रुपैया पर्छ । किसानहरुलाई यि जातका मकैको बिउ तुलसीपुरको निश्चल एग्रो सेन्टर, घोराहिको सम्झना एग्रोभेट र लमहिको गंगा एग्रोभेटबाट बिक्रि वितरण गर्ने गरिएको यादवले बताउनुभयो । अघिल्लो वर्ष अनुदानमा साढे ११ टन मकैको बिउ वितरण गरिएको यो वर्षभने कार्यालयले १६ टन सम्म बिक्रि गर्ने लक्ष्य कार्यालयको रहेको छ ।
“यो कार्यक्रम लागु भएको तिन वर्ष भयो , अघिल्लो वर्ष साढे ११ टन बितरण गरेका थियौं, बजेटले १६ टन सम्म बिक्रि गर्न सकिने देखिएपछि यो वर्ष १६ टन सम्म बितरण गर्दै छौं”, माटो विज्ञ यादवले बताउनुभयो । ६६ हजार हेक्टर जम्मा खेतियोग्य जमिन मध्ये दाङमा २४ हजार हेक्टर क्षेत्रफलमा मकै खेति गर्ने गरिएको छ ।यसैबिच मकैको उत्पादन बढाउनका लागि मकैको जातको साथ साथै रासायनिक मलको प्रयोगमा पनि ध्यान पु¥याउन आवश्यक छ । माटो विज्ञ यादवका अनुसार उन्नत जातको मकै खेति गर्दा प्रति कट्ठा जमिनमा साढे ४ किलो युरिया, साढे २ किलो डि.ए.पि. र सवा किलो पोटास मिलाएर छर्नुपर्ने हुन्छ । त्यसैगरी हाइब्रिड जातको मकैको खेती गर्दा भने प्रति कट्ठा जमिनमा ७ किलो युरिया, ४ किलो डि.ए.पि. र साढे २ किलो पोटास मिलाएर छर्नुपर्ने हुन्छ ।।