तुलसीपुर,११ बैशाख ।
तुलसीपुरमा रहेको भाग्यलक्ष्मी ईन्टरप्राईजेजले एक सामुदायिक विद्यालयलाई पोषाक उपलव्ध गराउने भएको छ । तुलसीपुर ११ मा रहेको आधारभुत विद्यालय कँटाहालाई निशुल्क पोषाक उपलब्ध गराउने ब्यवसायी नरेश कुमार राजभण्डारीले बताएका छन । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थिको आकर्षण घट््दै गएको हुदा यसप्रति केहि सहयोग मिलोस भन्ने उदेश्यले सहयोग गर्न लागेको उनले जानकारी दिएका छन ।
आर्थिक अवस्था कमजोर भएका बालवालिकाले अध्ययन गर्ने विद्यालयमा आफ्नो सहयोगबाट केहि परीवर्तन गर्न चाहेको उनको भनाई छ ।
विद्यालय ब्यवस्थापन समिति,स्थानिय बुद्धिजिवि संगको भेटमा यहि बैशाख २० गते विद्यालयमा पुगेर विद्यार्थिहरुलाई पोषाक वितरण गर्ने उनले बताएका छन ।
उनि राष्टिय बाणिज्य संघ तुलसीपुरको सल्लाहकार र राप्ती बबई क्याम्पसको सञ्चालक समिति सदस्य समेत हुन । यस्तै अर्का ब्यावसायी उत्तम कुमार श्रेष्ठले पनि विद्यालयमा अध्यनरत विद्यार्थिलाई निशुल्क पोषाक प्रदान गर्ने भएका छन । विभिन्न सामाजिक कार्यमा सक्रिय ब्यावसायी श्रेष्ठले तुलसीपुर १२ मा रहेको प्रावि क्वाङीको विद्यालयलाई निशुल्क पोषाक सहयोग गर्ने भएका हुन ।





