बुद्धि पुन,सल्यान ८ बैशाख ।
सल्यानमा सुत्केरीको ज्यान बचाउन एक कैदिबन्दी रगत दिएकि छिन । रोल्पाको गंगादेव गाउपालिका ७ की २१ बर्षिय मनिषा केसी वलीको जिल्ला अस्पताल सल्यानमा रगत अभाबका कारण उपचारमा समस्या भएपछि कैदी पुजा घर्तीमगरले रक्तदान गरेकि हुन । उनि तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्या प्रकरणमा जिल्ला कारागारमा रहेकी छिन ।
उनले जिल्ला अस्पतालको बेडमा रगतको अभावमा सुत्केरी छट्पटाई रहेको थाहा पाए पछि रक्तदान गरेको बताईन । शुक्रवार विहान ८ बजेदेखी सुत्केरी ब्यथा लागेपनि मनिषालाई शनिवार बिहान ७ बजे मात्रै सल्यान अस्पतालमा ल्याईएको थियो । पेटमा रहेको बच्चाको निधन भैसकेकाले शल्यक्रिया गरेर बच्चा निकालेर आमाको ज्यान बचाउन सफल भएको उपचारमा संलग्न डाक्टर प्रदिप शर्माले बताएका छन ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।