भमकेमा निःशुल्क स्वास्थ्य शिविरमा सम्पन्न

ओपेन्द्र बस्नेत
तुलसीपुर ३० फागुन / पश्चिम दाङको तुलसीपुर उपमहागनरपालिका–१ सुनपुरमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै दुईहजार जनाले उपचार सेवा लिएका छन् । शिविर एक सहजार पाँच सय चार जना महिला र चार सय सात पुरुष गरि एक हजार नौ सय एघार जनाले उपचार सेवा लिएको तुलसीपुर उपमहागनरपालिका स्वास्थ्य महासशाखा प्रमुख डाक्टर गोकर्ण दहालले जानकारि दिनुभयो । जसमा सबैभन्दा बढी आँखा सम्बन्धि सात सय अठ्ठाईस जनाले सेवा लिएका छन । जसमध्य मोतियाविन्दु भएका २६ महिला र ३० जना पुरुषको आँखाको अप्रेसन गरिएको छ ।

अप्रेसन गर्नु पर्ने समस्या देखिएका बाँकी ४९ जनलाई राप्ती आँखा अस्पताल रक्षाचौरमा बोलाइएको छ । त्यसैगरी छ सय बयानब्बे जनाले मृगौला चेकजाँच गराएको तुलसीपुर उपमहागनगरपालिका – १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिनुभयो । त्यस्तै चार सय एकानब्बे महिलाले पाठेघर सम्बन्धि सेवा लिएका थिए । तुलसीपुर उपमहागनरपालिका–१ र २ नम्बर वडाको संयुक्त आयोजनामा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा आँखा विशेषज्ञ वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत र वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले सहितको दर्जनौ स्वास्थ्यकमीको टोलीको सहभागिता रहेको थियो । शिविरको उद्घाटन ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नगर प्रमुख घनश्याम पाण्डेले संयुक्त रुपमा गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार
प्रतिक्रिया