दाङमा यस बर्ष झण्डै तिस हजार मेट्रिक टन गहु उत्पादन हुने

बसन्त परियार,तुलसीपुर २१ ।
दाङमा यस बर्ष गहु उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले बताएको छ । समयमा पानी परेको र उन्नत जातको विउ वितरण गरेकाले उत्पादन बढ्ने कार्यालयका योजना अधिकृत तिलक केसीको दावि छ । जिल्लामा गएको बर्ष २७ हजार ७ सय २० मेट्रिक टन गहु उत्पादन भएको थियो । कार्यालयका योजना अधिकृत केसीका अनुसार १२ हजार ६ सय हेक्टर जमिनमा उक्त उत्पादन भएको थियो । “खेति हुने जमिन यहि यो, प्रति हेक्टरमा २.२ को अनुपातमा उत्पादन भाहो” केसीले भने । कार्यालयमा यस वर्ष कति हेक्टर जमिनमा खेती भयो भन्ने तथ्याकं नभएपनि गत बर्षको कै हाराहारीमा खेति भएको कार्यालय बताउछ । तर यस बर्ष उत्पादनमा बृद्धि हुने बताइएको छ । प्रति हेक्टर २.४ को अनुपातमा उत्पादन हुने कार्यालय बताउछ । जस अनुसार यस वर्ष ३० हजार २ सय चालिस मेट्रिक टन गहु उत्पादन हुने आशा गरीएको छ ।

प्रकाशित मिति : २०७३ चैत्र २१ गते सोमवार
प्रतिक्रिया