सल्यान १९, बैशाख ! लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा सक्रिय रहँदै आएका युवा विद्यार्थी नेता घनश्याम पुनले अन्ततः पार्टी परित्याग गर्नु भयको छ। उहाले अब आफ्नो राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत अघि बढाउने बताउनु भयको छ।
दुई दशकभन्दा बढी समय एमालेको विद्यार्थी तथा संगठनात्मक राजनीतिमा क्रियाशील पुन अनेरास्ववियुको मावि कमिटी अध्यक्षदेखि जिल्ला कमिटीमा तीन कार्यकाल अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यसम्मको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। साथै, उहा अनेरास्ववियु कर्णाली प्रदेश कमिटीका संस्थापक अध्यक्षसमेत रहनु भयको थियो।
राजनीतिक यात्रामा निष्ठा, त्याग र निरन्तर सक्रियताका लागि परिचित पुनको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। लामो समयसम्म पार्टी निर्माणमा योगदान दिएका एक लोकप्रिय युवाको बहिर्गमनलाई एमालेका लागि महत्वपूर्ण क्षतिका रूपमा हेरिएको छ।
पुनको रास्वपामा प्रवेशसँगै सल्यानको राजनीतिक समीकरणमा नयाँ बहस र पुनर्संरचनाको संकेत देखिएको छ।


















