२०८३ भाद्र २३ गते मङ्गलवार

अमृतपुर खानेपानीमा सर्वसहमत नेतृत्व चयनका लागि प्रयास

तुलसीपुर, १८ मंसीर । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी नेतृत्व चयनका लागि सर्वसहमतको प्रयास थालिएको छ । गएको भदौ १२ गते सम्मपन्न संस्थाकोे अधिवेशनले सर्वसहमत रुपमा नेतृत्व चयन गर्न नसकेपछि तुलसीपुर उपमहानरपालिको अग्रसरता लिएको हो ।

सर्वसहमत नेतृत्व चयनका लागि उपमहानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्डका सदस्य तथा राष्ट्रिय साना शहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीको संयोजकत्वमा ३ सदस्य समिति गठन गरेको छ । जसको सदस्यमा तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह र अश्वारा खानेपानीका अध्यक्ष शिवहरी भण्डारी रहनु भएको छ ।

उक्त समितिले बुधबार पहिलो चरणमा खानेपानी आयोजना क्षेत्रमा रहेका विभिन्न राजनीतिक दल र वडा अध्यक्षहरुसंग छलफल गरेको छ । दलका प्रतिनिधिहरुले खानेपानीमा आ–आफ्नै दलको नेतृत्वमा जानुपर्ने अडान राखेपछि सहमति हुन सकेन । सहमति नभएपछि आ–आफ्ना दलहरुसंग छलफल गरेर शुक्रबार बिहान पुनः बैठक बस्दै छ । छलफलमा तुलसीपुर उपमहानगरपालिका–३,८ र ९ का वडा अध्यक्ष र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शुक्रबार बस्ने बैठकमा नगरस्तरका दलहरुसंगको हुने छ ।

भदौ १४ गते निर्वाचनको कार्यतालिका प्रस्तुत गरिए पनि जेनजी आन्दोलनका कारण निर्वाचन प्रभावित भएपछि अहिले कामचलाउ समितिले काम गर्दै आइरहेको छ । दुई ठूला दल नेपाली काँग्रेसले निवर्तमान सचिव दशरथ वली र नेकपा एमालेले पूर्व कोषाध्यक्ष जीत बहादुर खडकालाई खानेपानीमा अध्यक्ष पदका लागि अगाडी सारेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।