२०८३ भाद्र २४ गते बुधवार

वृद्धको घाँटीमा अड्किएको खसीको हड्डी अपरेसनबाट निकालियो

फाइल फाेटाे

दाङ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाक, कान र घाँटीसम्बन्धी रोगहरूको सफल शल्यक्रिया सुरु गरिएको छ। यसै क्रममा रोल्पा, थबाङ–४ का ७७ वर्षीय रुपधन घर्तीको घाँटीमा करिब तीन दिनदेखि अड्किएको खसीको हड्डी अपरेसन गरेर निकालिएको छ।

हड्डी अड्किएपछि घर्ती उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका थिए। विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले मेहनतपूर्वक शल्यक्रिया गरी हड्डी सफलतापूर्वक निकालेको हो।

प्रति्ष्ठानका नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन प्रोफेसर डा. दिपेन्द्र गौतमको नेतृत्वमा डा. एलिना आचार्य, एनेस्थेसियोलोजिस्ट डा. बिभेष मण्डल, नर्स मिना विश्वकर्मासहितको टोलीले अपरेसन सम्पन्न गरेको थियो। इन्डोस्कोपिक विधिबाट हड्डी निकालिएको डा. गौतमले जानकारी दिए। बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।