तुलसीपुर, १३ कात्तिक । दाङको तुलसीपुर–३ मा रहेको कल्लेमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । नवज्योति साँस्कृतिक युवा क्लबको २३औँ वार्षिकोत्सव तथा हरिवोधनी एकादशी मेलाको अवसरमा यही कात्तिक १५ गते बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक १३ र १४ गते खेलखुद कार्यक्रम हुनेछ भने १५ गते साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
तुलसीपुर–३ को कल्लेस्थित प्राथामिक विद्यालय राम्रीकोट प्रांगणमा हुने कार्यक्रममा गायीका निर्मला देवी बस्नेत, डान्सर पुर्णीमा क्षेत्रीलगाएतको सहभागिता रहने क्लबका आर्थीक संयोजक निर्मल थापाले जानकारी दिनुभयो । कार्यक्रमको उद्घोषकको जिम्मा केबी ओलीलाई दिइएको उहाँको भनाई छ । सो अवसरमा हुने खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार र दोस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । सबैलाई सहभागिताका लागी क्लबले आग्रहसमेत गरेको छ ।।




