२०८३ भाद्र २४ गते बुधवार

गितकार बिनोद सुबेदीको खोलि तिरैमा गित सार्बजनिक

काठमान्डौं, २७ वैशाख ।  गितकार तथा संगीतकार बिनोद सुबेदीको नयागित खोलि तिरैमा बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । जसमा अहिलेका चर्चित गायक–गायिका राजन राज सिवाकोटी र मेलिना राईको स्वर समाबेश रहेको छ । गितमा राजनराज सिवाकोटीले नै गितमा संगीत भरेका हुन् । देबेश राईको संगीत संयोजन रहेको गितमा किशोर थापाले गितको ध्वनि सम्पादन गरेका हुन् । अभेश मुनि बज्राचार्यले खिचेको भिडियोमा केबिका खत्रीको कोरियोग्राफी रहेको छ ।

राजु जंग बस्नेतले सम्पादन त्यस्तै निर्देशन गरेको भिडियोमा रमेश बिस्वकर्मा , करिश्मा केसी लगायतले अभिनय गरेका छन् । यस गितको अफिसियल म्युजिक भिडियो बिनोद सुबेदीको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको हो । गितकार सुबेदीका यसअघि पनि, प्रमोद खरेलको मन मेरो तिम्रो घर, राजेश पायल राई र बबिना किरातीको चोखो माया, प्रताप दाश र रोजिना बस्नेतको त्यो रातो घुम्टो जस्ता गितहरु सार्बजनिक भईसकेका छन् ।।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।