२०८३ भाद्र २४ गते बुधवार

धेरै भारी वर्षा भनेको कति हो ?

काठमाडौं । सरकारले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागले धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्क रहन भनेको छ । केही जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक काम नपरेसम्म यात्रा नगर्न सूचना जारी गरिसकेका छन् ।

आज बिहानैदेखी देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । भारी र धेरै भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम हुने भएकाले सतर्क रहनुपर्ने विभागले बताउँदै आएको छ ।

२४ घण्टामा कुनै स्थानमा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।

२४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ ।

२४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे अति भारी वर्षा भनिने विभागले बताएको छ ।

२४ घण्टामा १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा र १० देखि ५० मिलिमिटरसम्म पानी परे मध्यम वर्षा भनिन्छ ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।