काठमाडौं,३० भदौ । अन्तरिम मन्त्रिपरिषद्मा नियुक्त भएका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्। शपथ समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थिति रहेको थियो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार (भदौ २९) उनीहरूलाई मन्त्रिपरिषद्मा नियुक्त गरेका थिए। शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार





