२०८३ भाद्र २४ गते बुधवार

अमृतपुर खानेपानीको निर्वाचन कार्यतालिका सार्वजनिक 

तुलसीपुर, २२ भदौ ।  अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व चयनका लागि असोज ३ गते निर्वाचन हुने भएको छ । शनिबार सम्पन्न १६ औं साधारणसभा तथा ९ औं अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको कार्य तालिका अनुसार भदौ २४ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन, सोही दिन साँझ ५ बजेसम्म नामावलीमा दाबीविरोध र २५ गते बिहान ११ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्य तालिका रहेको छ । 

त्यसैगरी भदौ २७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता, साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन, भदौ २८ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको नामावली उपर दाबी विरोध, दिउँसो १ बजे संशोधित नामावली प्रकाशन,  ३ बजेसम्म उम्मेदवारको मनोनयन फिर्ता र ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । 

भदौ २९ गते उम्मेदवारलाई बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चुनाव चिन्ह वितरण र  असोज ३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म संस्थाको कार्यालयसँगै रहेको बौद्ध गुम्बा मन्दिर परिसरमा निर्वाचन हुने कार्य तालिका रहेको छ ।  मतगणना भने  तुलसीपुर –८ दोघरेस्थित उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको छ ।

मतदानका लागि संस्थाले अनिवार्य रूपमा अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मतदाता परिचय पत्रसहित नेपाल सरकारद्वारा जारी कुनै एक फोटोयुक्त परिचय पत्र (जस्तैः नागरिकता, मतदाता परिचय पत्र, लाइसेन्स, पासपोर्ट वा जग्गाधनी पुर्जा) लिएर आउनुपर्ने जनाएको छ । निर्वाचनका प्रारम्भिक चरणका कार्यक्रमहरू खानेपानी संस्थाको कार्यालयमै सञ्चालन हुने अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख सुशील काफ्लेले बताउनुभयो । 

    निर्वाचन कार्यतालिका

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।