
तुलसीपुर, १५ भदौ । दाङको तुलसीपुरमा रहेको बेचनी खोलाले गाडी बगाएको छ । खाद्रेदेखी पर्सेनीतर्फ आउदै गरेको किराना सामान बोकेको ग १ ज १७१४ नम्बरको मारुती भ्यान आज दिउँसो करिब सवा १ बजेको समयमा तुलसीपुर–७ स्थित बेचनी खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर–६ का ४६ बर्षीय राम कुमार रेग्मीले चलाएको उक्त गाडी बेचनी खोला तर्ने क्रममा बिचमै स्टाट बन्द भएको थियो ।
त्यसपछी खोलाको बहाफ विस्तारै बढदै जादा उक्त गाडी बगाएर १० मिटर तल लगेको थियो । घटनामा कुनै मानविय क्षेती नभएको प्रहरीले जनाएको छ । उक्त गाडी करिब १ घण्टापछी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीसहित प्रहरी चौकी पर्सेनी, प्रहरी चौकी खाद्रेलगाएतको प्रहरी टोलीले जेसिभिको सहायताले निकालिएको प्रहरीले जनाएको छ ।।