प्रतिनिधिसभा विघटन गरेर सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

काठमाण्डौ, २७ भदौ । लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८ः४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ । वार्तामा जेन–जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया