हाइसन्चो गरेर सुत्न प्रहरीले ९ बजे भित्रै होटल बन्द गरेको आरोप

तुलसीपुर, १४ भदौ । हाइसन्चो गरेर सुत्न प्रहरीले ९ बजे पछि पनि होटल खोल्ने व्यवसायीलाई लगेर थुन्न थालेपछि व्यवसायी आतंकित बन्न थालेका छन् । शुक्रबार राति १० बजेसम्म होटल खोलेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटेको प्रहरीले तुलसीपुरको बसपार्क क्षेत्रमा रहेका विभिन्न होटल संचालकलाई पक्राउ गरेपछि उनिहरु आतंकित भएका हुन । पक्राउ परेका व्यवसायीलाई आज बिहान छोडिएको होटल व्यवसायी समितिले जनाएको छ ।

होटल व्यवसायीले घटनाको विरोध गर्दै इलाका प्रहरीलाई ज्ञापन पत्र समेत बुझाएको छ । आइतबार नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउने तयारी समितिले गरेको छ । हाइसन्चो गरेर सुत्नका लागि समसाँझै होटलहरु ९ जबर्जस्ती बन्द गराउन थालेपछि व्यवसाय धरापमा परेको तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।

नागरिकको जिउधनको सुरक्षा भन्दा पनि प्रहरीले आफ्नो सुविधा हेरेर ९ बजेपछि होटल बन्द गर्न लगाएको व्यवसायीहरुले आरोप लगाएका छन् । प्रहरीको यो कदमलाई व्यवसायीले अधिकारको दुरुपयोग गरेको ठहर गरेका छन् ।

“होटल हो । रातबिरातसम्म गाडीहरु चल्छन् । कोही गाडी बाटैमा बिक्रीन्छन् । ढिलागरि बसपार्कमा गाडी आइपुग्दासम्म गाउँतिरका सबै गाडी छुटीसकेका हुन्छ । यात्रुहरु बालबच्चसंग हुन्छन् । भारीसंग हुन्छन् । हिडेर जाने सम्भव भएन । अनि तीनी कहाँ बस्छन् । तीनको सुरक्षा कसले गर्छ ।” कुमाख कलेज तुलसीपुरका संचालक तुफान केसीले भन्नुभयो ।

यता प्रहरीले भने ९ बजेपछि होटल व्यवसाय बन्द गर्ने दुई पक्षिय सहमति अनुसार अटेर गर्ने केही व्यवसायीलाई नियन्त्रणमा लिएर छोडेको प्रहरीले बताएको छ ।
राति ९ बजेपछि होटल खुला हुँदा “सुरक्षा संवेदनशीलता” बढ्ने भएकाले होटल चाँडै बन्द गराउन बाध्य भएको दाबी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार
प्रतिक्रिया