भाटभटेनीमा चार जनाको शव फेला

काठमाडौँ – धरानको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ । जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको भाटभटेनीमा चार जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। भदौ २४ गते जेन–जी आन्दोलनकारीहरूले भाटभटेनीमा आगजनी गरेका थिए।

आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दोस्रो तलामा एक जनाको र चौथो तलामा तीन जनाको शव फेला परेको हो। शव जलेर नष्ट भएको र शरीरका केही अंग मात्रै भेटिएको प्रहरीले जनाएको छ। प्रदर्शनकारीहरूले भाटभटेनीको सटर फोडेर पेट्रोल खन्याएर आगो लगाएका थिए। आगो तीव्र गतिमा फैलिँदा उनीहरू बाहिर निस्कन नपाउँदा जलेर मृत्यु भएको हो।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया