राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा विघटन

काठमाडौं २७ भदाै ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नु भएको छ। सोही पत्रमार्फत उहाँले नयाँ प्रधानमन्त्रीको रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्नुभएको हो। संसद् विघटनपछि कार्कीलाई प्रधानमन्त्रीका रूपमा शपथ गराइने व्यवस्था गरिएको छ।

जेनजी समूहले विगत केही दिनदेखि निरन्तर वार्ता गर्दै सरकारको नेतृत्व लिन विघटन आवश्यक भएको अडान राख्दै आएको थियो। सोही सन्दर्भमा महामहिम राष्ट्रपति पौडेलज्यूले शुक्रबार दिनभर उच्च स्तरका परामर्शहरू गर्नु भएको थियो।

परामर्शपश्चात् साँझतिर कार्कीलाई निर्णायक वार्ताका लागि शीतल निवास बोलाइएको थियो। उक्त वार्तामा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल, रमण कर्ण र जेनजी समूहका तर्फबाट सुदन गुरुङ उपस्थित हुनुभएको थियो।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया