
काठमाडौँ, २७ भदौ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको बताएका छन्।
“विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं”– पोखरेलको अपील छ ।
प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार