तुलसीपुर,२२ साउन ।
राष्ट्रिय ब्यवसायिक पशुपालन तथा दुध उत्पादक कृषक समाज नेपालले तुलसीपुर उपमहानगरमा ज्ञापन पत्र बुझाएको छ । नगर समिति तुलसीपुरले बुझाएको ज्ञापन पत्रमा विभिन्न १८ बुदे माग समेटिएको छ । ज्ञापन पत्रमा लो भोल्टेजको समस्या,कृषि मिटर उपलब्ध गराउने,सहुलियत कृषि कर्जा,अस्वभाविक कर फिर्ता, लगायतका मागहरु उल्लेख गरिएको छ ।
नगर समितिका अध्यक्ष लोकराज डाँगी र सचिब देवराज भण्डारी सहित गएको टोलीले नगर प्रमुख घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । यस्तै,कृषकलाई पेन्सन तथा उपादानको ब्यवस्था,गाई भैसिलाई प्रोत्साहन तथा सत्केरी भत्ता दिने ब्यवस्था,छाडा पशुचौपायको नियन्त्रण लगायतका माग समेटिएको अध्यक्ष डाँगीले जानकारी दिएका छन ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।