२०८३ कार्तिक १० गते सोमवार

दाङमा एघार हजार मेट्रीक टन मल वितरण

शान्ती सरु,तुलसीपुर २० साउन । कृषी सामग्री केन्द्र दाङ शाखाले वितेको दुई बर्षमा बीस हजार मेट्रीक टन मल खपत भएको छ । कार्यालयका अनुसार वितेको आर्थीक वर्ष २०७३/०७४ मा ६ हजार १५ मेट्रिक टन युरीया र तीन हजार छ सय मेट्रिक टन डिएपी गरी ९ हजार ६ सय १५ मेट्रिक टन मल वितरण भएको थियो । यस्तै आर्थीक वर्ष २०७४÷०७५ मा ६ हजार छ सय ५३ मेट्रिक टन युरीया र चार हजार ७३ मेट्रिक टन डिएपी गरी गरी एघार हजार एक सय २६ मेट्रिकटन मल वितरण गरीएको कृर्षी सामाग्री केन्द्रका प्रमुख विष्णु प्रसाद केसीले जानकारी दिएका छन् । उनका अनुसार घोराही शाखा बाट ६१ ,लमही शाखाबाट ३२ र तुलसीपुर शाखा बाट ७७ वटा सहकारी मार्फत मल वितरण गरीएको हो । अहिले पनी जिल्लामा मलको अभाव नरहेको प्रमुख केसीले जानकारी दिएका छन ।।

प्रकाशित मिति : २०७५ साउन २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।