२०८३ कार्तिक १० गते सोमवार

पानी पार्न तुलसीपुरका किसानले गरे भुमेबर्माको पूजा

तुलसीपुर, ५ साउन । साउनको एक साता बित्न लाग्दा पनि बर्षात नभएपछि खेती हुन नसकेको भन्दै किसानहरुले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाँउले कुलोवाट सिँचाई हुने स्थानीयहरुले आज सिँचाई कुलोको मुहानमा पूजा गरेका हुन् । हजारौ विगाह जमिनमा प्राप्त बर्षा नहुदा धानवाली लगाउन नसकीएको भन्दै उनीहरुले आज तुलसीपुर–३ स्थीत श्रीकुलामा पूजा आजा गरेको सातगाँउले कुलो सिँचाई आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले जानकारी दिए । पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै देवता खुसी भएपछि पानी पार्दिन्छन् भन्ने जनविश्वास रहेको र सोही जनविश्वास अनुसार कुलाको मुहानमा पूजा गरेको बताएको छ । सयौ किसानहरुको सहभागीतामा भेडा र कुखुराको बली दियर पूजा आजा गरीएको कुलोका कोषाध्यक्ष चिरन्जीवि रिजालले जानकारी दिएका छन् । उनले सात गाँउले कुलाबाट सिँचाई हुने सयौ विगाह जमिनहरु पर्याप्त बर्षा नहुदा बाँझो रहेको पनि बताए । अध्यक्ष कुलप्रसाद कालाथोकीका अनुसार पराम्परागत चल्दै आएको चलन अनुसार आज पूजा गरेको बताए । उनले पूजा गरेपछि देवता खुुसी भई पानी पार्ने जनविश्वास भएकाले सो पूजा गरेको बताए । ‘यसमा यर्थातता केहो थाहा छन् हामीहरु पूजा गरी आउन वितिकै मुहानमा पानीको झरी लागेको छ। सातगाँउले कुलोमा पानी पनि आयो उनले भने । उनले यस अघि बर्षा नभएको र कुलोमा पानी एक थोपापनि नभएको र पूजा गरी सकेपछि झरी बर्षेसिएको बताए । सयौ किसानहरु पूजा गर्ने कुलोको मुहानमा पुगेका थिए ।

प्रकाशित मिति : २०७५ साउन ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।