२०८३ कार्तिक १० गते सोमवार

सल्यानमा १२ क्वीन्टल शंखेकिरा संकलन

बुद्धि पुन, सल्यान ३१ असार । सल्यानमा शंखेकिरा नियन्त्रण अभियान शुरु गरिएको छ । जाईन्ट अफ्रिकन स्नेल अर्थात ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैँबाली आदिमा क्षती पु¥याउन थाले पछि स्थानिय सरकारको पहलमा शंखेकिरा नियन्त्रण गर्न शुरु गरिएको हो । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ बरलामा किसानले लगाएको बालीमा क्षती गरे पछि तिन दिन सम्म गरेर १२ क्वीन्टल शंखेकिरा संकलन गरिएको छ । २/४ बर्ष पहिले सम्म शंखेकिरा सामान्य मात्रामा कहिकतै मात्रा देखिए पनि गत बर्ष देखी ब्यापक रुपमा फैलिएको कृषक भिमबहादुर बुढाथोकीले बबताउनुभयो । अहिले यस वडाको करिब २५ हेक्टर क्षेत्रफलमा शंखेकिरा फैलिएको जिल्ला कृषि बिकास कार्यालय सल्यानका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत अमरराज शर्मा घिमिरेले बताउनुभयो । उहाँले शंखेकिरालाई बिषादीको प्रयोग गरेर नियन्त्रण गर्न नसकिने बताउनुभयो । शारदा नगरपालिकाको आर्थिक सहयोग र ६ नम्बर वडा कार्यालयको पहलमा शंखेकिरा नियन्त्रण अभियान शुुरु गरिएको वडा अध्यक्ष भिकराज बुढाथोकीले बताउनुभयो । उहाँले करिब ७० हजार खर्च गरेर १ हजार २ सय २ किलोग्राम शंखेकिरा संकलन गरिएको बताउनुभयो । उहाँले संकलन गरिएको किरामा नुन राखेको र सबै मरे पनि खाडल खनेर गाड्ने बताउनुभयो ।। फोटो खकेन्द्र केसी

प्रकाशित मिति : २०७५ असार ३१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।