२०८३ कार्तिक १६ गते सोमवार

 दाङ मजदुर संगठनको निर्णय : चालक सहचालकलाई दिइने राहतमा वृद्धि 

तुलसीपुर, १६ माघ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीले चालक र सहचालकलाई दिइने राहत रकममा वृद्धि गरेको छ । सवारी दुर्घटना परेर चालक वा सहचालकको मृत्यु भएमा ४० हजार र प्रहरी हिरासत वा कारागारमा बस्नु परेमा दैनिक ५ सय रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

यसअघि दुर्घटनामा मृत्यु भएमा २५ हजार र प्रहरी हिरासत वा कारागारमा बस्नु परेमा दैनिक २ सय रुपैयाँ राहत रकम उपलब्ध गराउने गरेको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीका अध्यक्ष दीपक कुमार बुढाथोकीको अध्यक्षता एवम् नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र बहादुर वलीको प्रमुख आतिथ्यमा बसेको बैठकले पत्रकार प्रेम कुमारी मगरलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।  त्यसैगरी बैठकले तुलसीपुरको बसपार्कमा जनचेतनाका लागि ट्राफिक नियमहरू सहितको डिजिटल बोर्ड राख्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।