२०८३ कार्तिक ९ गते आइतवार

नेपालमा खेतीयोग्य जमिनमध्ये २५ प्रतिशत जग्गा बाँझो

काठमाडौँ, ११ पुष । नेपालमा खेतीयोग्य जमिनमध्ये करिब २५ प्रतिशत जग्गा बाँझो रहेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टर रहेकामा मध्ये हाल ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिन्छ । बाकीँ १० लाख ३० हेक्टर जमिन अझै बाँझो रहेको मन्त्रालयको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण कृषिबाट आशातित उत्पादन नहुनु, वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुलगायतका कारण खेतीयोग्य जमिन बाँझो रहेको कृषि अर्थ विज्ञहरूको दाबी छ । कृषि योग्य जमिन वर्षौंसम्म बाँझो राख्दा त्यसले कृषिजन्य आत्मनिर्भरताको अभियानमा पनि असर पुग्ने भन्दै सरकारले जग्गा बाँझो राख्ने जग्गाधनिलाई कारवाही गर्ने जनाएको थियो । तर यो कार्यान्वयनमा गएको छैन । कृषि मन्त्री रामनाथ अधिकारीले बाँझो जग्गाको उचित व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिनेबारे छलफल अघि बढाइएको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट ल्याउनु अघि नै यसबारे निर्णय लिइने मन्त्री अधिकारीको भनाइ छ । तराई क्षेत्रको तुलनामा पहाडी क्षेत्रमा जग्गा बढी बाँझो छ । सो हुनुमा पहाडी क्षेत्रमा तराईको जस्तो उत्पादन नहुनु रहेको कृषि विज्ञहरू बताउँछन् । यस्तै, गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको कारणले पनि गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ भने बाह्रै महिना सिँचाइ सुविधा पुग्ने खेतियोग्य जमिन ३५ प्रतिशत पनि नहुनुले जग्गा बाँझो बसिरहेको छ । तर पुर्व कृषि सचिव कृष्ण प्रसाद आचार्यले बाँझो जग्गामा कागतिलगायतका खेती गर्न सकिने बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।