२०८३ कार्तिक ९ गते आइतवार

लुम्बिनी सरकारले सहकारीलाई उत्पादनसंग जाेड्लाकि कुरा मात्रै गर्ला

बुटवल, ८ मंसिर । लुम्बिनी प्रदेश सरकारले विशिष्टीकृत सहकारी संस्थाहरुलाई स्थानीय उत्पादनमा जोड्नेगरी परिचालन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा लुम्बिनी विशिष्टीकृत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुग्ध तथा प्रशोधन उद्योगको शनिबार अवलोकन गर्दै स्थानीय उत्पादन बढाउन विशिष्टीकृत सहकारी संस्थालाई परिचालन गर्नेगरी सरकारले योजना बनाउने बताउनु भएको हो ।

‘स्थानीय उत्पादन नबढ्दा सम्म अर्थतन्त्र पनि बलियो हुन सक्दैन । आत्मनिर्भरताकालागि स्थानीय उत्पादन बढाउन जरुरी छ । यो काममा विशिष्टीकृत सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहन्छ’उहाँले भन्नुभयो,‘दुध, मासु, खाद्यन्न लगायत स्थानीय उत्पादन बढाउन सहकारीलाई परिचालित गर्न जरुरी छ । आयातलाई घटाउदै निर्यात बढाउने खालका उत्पादनमा लगानी बढाउन जरुरी छ ।’

विशिष्टीकृत सहकारी संस्थाले सञ्चालन गर्ने उद्यम तथा उद्योगको विकासको लागि प्रदेश सरकारले ऋण तथा उत्पादन प्रोत्साहन अनुदानकोलागि नीतिगत व्यवस्था गर्ने बताउनु भयो । तिलोत्तमामा १४ करोडको लगानीमा उद्योग स्थापना भएको छ । यो उद्योगमा तीन लाख बढी किसान प्रत्यक्ष जोडिएका लुम्बिनी विशिष्टीकृत सहकारी संस्थाका कार्यवाहक अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीमा स्वचालित प्रविधि जडित डेरी उद्योग हालसालै स्थापना गरिएको हो । डेरी उद्योगले दुग्धजन्य पदार्थ उत्पादन सुरु गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।