तुलसीपुर, २६ कात्तिक । दाङको तुलसीपुरमा सामुदायीक वनका उपभोक्ताहरुलाई मसलाजन्य वस्तुको उत्पादन र बजारीकरण सम्बन्धि तालिम प्रदान गरिएको छ । तुलसीपुरमा रहेको अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाको आयोजना तथा फिनल्याण्डमा रहेको फुड एण्ड फरेष्ट डेभलपमेन्टको सहयोगमा शनिबार र आइतबार दुईदिनसम्म १० वटा सामुदायीक वनका उपभोक्ताहरुलाई तालिम प्रदान गरिएको हो । संस्थाका कार्यक्रम संयोजक बिद्याराज कंडेलका अनुसार मसलाजन्य वस्तु उत्पादन, प्रशोधन तथा वजार व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । स्थानिय स्तरमा उत्पादन हुने मसलाजन्य पदार्थ उत्पादनमा बृद्धि गर्ने र उत्पादित बस्तुको उच्चतम मुल्य उपभोक्तालाई प्राप्त गर्नुमा सहयोग गर्ने उदेश्यले यस्तो तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाले विगतदेखी नै फुड एण्ड फरेष्ट डेभलपमेन्टसँगको साझेदारीमा महिलाहरुको क्षमता विकासका लागी काम गर्दै आएको संस्थाका सचिव भुप बहादुर केसीले जानकारी दिनुभयो ।
तुलसीपुरका ३, ८ र ९ नम्बर वडामा रहेका १० वटा सामाुदायीक वन समुहको माध्यमबाट कार्यक्रमलाई अगाडी बढाइरहेको उहाँले बताउनुभयो । शनिबार र आइतबार मसलाजन्य वस्तुका बारेमा तालिम दिइएको र आज सोमबार अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाको क्षेमता स्वमुल्याङ्कन गरिएको उहाँले बताउनुभयो । क्षेमता स्वमुल्याङ्कन कार्यक्रममा अमृतपुर उद्यमी सहकारी संस्था र सामुदायीक वनका सदस्यहरुको अवस्था, शुसासन र नेतृत्व विकासको अवस्था, मानविय स्रोतको विकास, सहकारी संस्थाले वित्तिय व्यवस्थापनको क्षेत्रमा गरेका काम, नितिगत व्यवस्था, सहकारी संस्थाका सेवालाई उपभोक्तसम्म जैलानका लागी गरिने प्रावधानको अवलम्बनको अवस्था, सामुदायी वनमा परेका अप्ठ्याराहरु, काम गर्दाका चुनौती, जलवायु परिवर्तनका क्षेत्रमा गरेका काम, आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा केन्द्रित रहेर स्वमुल्याङनमा छलफल भएको उहाँले बताउनुभयो ।
यसबाट अहिलेसम्म काम गर्दा देखीएका समस्या, चुनौती र अप्ठेराहरुका बारेमा एउटा निचोट निकालिएको र सोही अनुसार आगामी दिनमा सुधार गर्दै अगाडी बढ्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो । तालिममा सहभागी सामुदायीक वनका उपभोक्ताहरुले यो तालिमबाट धेरै कुराको जानकारी प्राप्त भएको बताएका छन् । अब तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्नेसमेत उनीहरुले बताएका छन् । कार्यक्रममा फिनल्याण्डको सहयोगी संस्थाकी कार्यक्रम संयोजक जेनी ओम्यान, सामुदायी वना उपभोक्ता महासंघका केन्द्रिय कोषाध्यक्ष शान्ता न्यौपाने, कार्यक्रम संयोजक जनक आचार्य, तुलसीपुरका ३, ८ र ९ नम्बर वडाबाट १० वटा सामाुदायीक वनका ५७ जना उपभोक्ताको सहभागीता रहेको थियो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।