२०८३ कार्तिक १२ गते बुधवार

बेहोस बनाउने औषधिले बालिकाको मृत्यु, तीन डाक्टर पक्राउ

डोटी, २२ कात्तिक । अप्रेसनका लागि बेहोस बनाउने औषधि खुवाँउदा बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना डाक्टरलाई पक्राउ गरेको छ । डोटीको सुजङ्ग अस्पतालमा सिलगढी नगरपालिका– ३ दिपायल निवासी लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको भाँच्चिएको बायाँ हातको अप्रेसन गर्नका लागि  बेहोस बनाउने औषधि खुवाँउदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाको खेल्ने क्रममा लड्न गई बायाँ हात भाँच्चिएको थियो ।  ् बुधवार साँझ अप्रेसन गर्नका लागी अप्रेसन थ्रेटरमा राखेर बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताउनुभयो । उपचारमा संलग्न चिकित्सकहरू डा.राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादवलाई  प्रहरी नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।