तुलसीपुर,२१ जेठ ।
चन्द्रोदय वोर्डिङ स्कुल तुलसीपुर– ११ जस्पुरमा सञ्चालीत योग शिविर सम्पन्न भएको छ । पतञ्जली योग समितिको दाङको आयोजनामा पाँच दिन सम्म चलेको शिविरको एक कार्यक्रमका विच सोमवार समापन गरिएको हो । विद्यालयका प्रिन्सीपल द्रोण बहादुर बस्नेतको अध्यक्षता तथा वडा अध्यक्ष चित्र बहादुर वलीको प्रमुख आतिथ्यमा शिविरको समापन भएको हो ।
सो अवसरमा बोल्ने बक्ताहरुले श्वास्थ्यको लागि योगा अपरीहार्य रहेको बताएका थिए । शिविरमा ८० जना सहभागि भएका थिए । समापन कार्यक्रममा योग प्रशिक्षकलाई सम्मान पत्र र प्रमुख अतिथि वडाध्यक्ष वलीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा योग प्रभारि देवराज आचार्य,प्रशिक्षक रोवर सिं ढकाल,वलदेव आचार्य लगायतले बोलेको थिए । कार्यक्रमको सहजिरकण शिक्षक सन्तोष केसीले गरेका थिए । यसैविच वडा स्तरीय योग समिति गठन गरिएको छ । जसको संयोजकमा कान्त प्रसाद डाँगी,उप संयोजकमा प्रचण्ड अधिकारी,कोषाध्यक्षमा कालिका गौतम र सचिवमा गणेश ढकाल रहेका छन । यस्तै सदस्यहरुमा दिवस रेग्मी,कमल देवकोटा,गोमा रावत,बसन्ता वली रहेका छन ।