२०८३ कार्तिक ११ गते मङ्गलवार

बस दुर्घटना हुँदा दाङका २ जनाको मृत्यु

तुलसीपुर, १३ भदौ । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली रहेको बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभएको छ ।

दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइतेहरूलाई नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।