२०८३ कार्तिक ११ गते मङ्गलवार

लुम्बिनी प्रदेशका १२४ जना कर्मचारीको एकै पटक सरुवा

  दाङ, ८ भदौ । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौँ तहसम्मका १२४ जना कर्मचारीको सरुवा गर्नुभएको हो ।मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरूको नाम परेको छ । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेकाले सोही नीति बमोजिम अवधि पुगेका सबै कर्मचारीका सरुवा गरिएको लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कर्मीले बताउनुभयो । उहाँले एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा सरुवा गरिएको बताउँदै कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्या पनि सिर्जना भइरहेको गुनासा आएको बताउनुभयो । मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन सरुवाको यो निर्णय गरेको मन्त्रालयले जनाएको छ । निर्णयबाट प्रभावित भएर अन्य मन्त्रालयले पनि दुई वर्षभन्दा बढी अवधि पुगेका कर्मचारीको सरुवा गर्ने मन्त्रालयका कर्मचारीको भनाइ छ ।।    

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।