२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा भरुवा बन्दुक सहित एक जना पक्राउ

  तुलसीपुर, १ भदौ । दाङमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । गढवा गाउँपालिका–३ भैँसीकुटीका चुन्नु भन्ने राजाबाबु बुढामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गोबरडियाबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा बोरामा बेरी १ नाले भरुवा बन्दुक लिई वन तर्फ जाँदै गरेको अवस्थामा बुढामगरलाई बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका चुुन्नुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।