२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

तुलसीपुर, १ भदौ । दाङमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ४ अर्नवाका २४ बर्षका श्रृजना कवँर र सोही ठाउँका २० बषका कौशिला कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार दुवै जना महिलाले लागुऔषध कारोबार तथा सेवन गरीरहेको भन्ने गोप्य सुचनाको आधारमा शुक्रबार साँझ ४ ः३० वजे वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

श्रृजना कुवँरको घरको कोठामा संकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी सोहि कोठामा खोजी गर्दा लुकाई छिपाई राखेको अवस्थामा हरियो प्लाष्टिकमा कालो धागोले बाधि राखेको उक्त पदार्थ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने २८० मिलिग्राम खैरो रंगको धुलो पदार्थ प्रहरीले फेला पारेको थियो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।