तुलसीपुर, २७ श्रावन । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दाङको २५ औं स्थापना दिवस आज मनाइएको छ । स्थापना दिवसको अवसरमा रक्तदान गरिएको महासंघका अध्यक्ष प्रेम राम्जा मगरले जानकारी दिनुभयो । आदिवासी जनजाती पत्रकार महासंघ दाङको आयोजना र रक्त संचार केन्द्र तुलसीपुरको समन्वयमा गरिएको रक्तदान कार्यक्रममा जीवन चन्द, सञ्जय घर्ती, चेतना न्यौपाने, दुर्गा भण्डारी लगायतले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी तुलसीपुरस्थित रक्त संचार केन्द्रमा रगतको अभाव भएको जानकारी पाएपछि रक्तदान नै जीवनदान भन्ने उद्देश्यले रक्तदानको आयोजना गरिएको अध्यक्ष राम्जाले बताउनु भयो । कार्यक्रमको सहजीकरण दिप्ती शिखा चौधरीले गर्नु भएको थियो ।।
प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।